Techie IT
Friday, November 28, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपालाई रुपन्देही– ३ मा उम्मेदवार छान्न सकसपर्ने संकेत

रास्वपालाई रुपन्देही– ३ मा उम्मेदवार छान्न सकसपर्ने संकेत


काठमाडौं । कात्तिक २७ गते रुपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि दलहरुले कसलाई उम्मेदवार उठाउँछन् भन्ने विषयमा धेरैको चासो छ । अझ अरु दलले भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा अझ धेरैको ध्यान छ ।

यसै परिवेशबीच रास्वपाले उम्मेदवार छनोटमा नयाँ मानक बनाउन खोजेको छ । जसका लागि उसले उम्मेदवार छान्न नयाँ मापदण्ड बनाउन लागेको छ । कात्तिकमा हुने उपनिर्वाचनलाई मध्यनजर राखेर रास्वपाले परिष्कृत विधि पनि बनाएको छ ।

रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि बनाइएको हो । उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत गरिएको छ ।

हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ । रास्वपाका अनुसार उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २० र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ ।

सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ । प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ ।

प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् । थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ । रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०।१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ ।

प्राइमरी इलेक्सन हुन नसक्ने अवस्थामा उम्मेदवार छनोटको टुंगो केन्द्रीय समितिले गर्ने विधानको प्रावधान छ । सहमहामन्त्री आचार्यका अनुसार प्राइमरी इलेक्सनका लागि आवश्यक हुने सदस्य संख्या अधिकांश क्षेत्रमा छन् । लिडरसिप एकेडेमी शुरु भइनसकेको हुँदा त्यसका लागि सचिवालयले निर्णय गर्ने भएको छ ।

रास्वपाको नीति अनुसार उम्मेदवार हुन चाहनेले अनिवार्य लिडरसिप एकेडेमीबाट आवद्ध भई प्रशिक्षित भएको हुनुपर्दछ । तर, पार्टीको उक्त संरचना भने भनिसकेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT