Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघनघोर अलमलमा रास्वपा, उठाएको मुद्दालाई पार लगाउनै सक्दैन

घनघोर अलमलमा रास्वपा, उठाएको मुद्दालाई पार लगाउनै सक्दैन


काठमाडौं । संसदको चौथो ठूलो दल रास्वपा अहिले अन्योलको भुमरीमा फसेको छ । कुनै पनि राजनीतिक एजेण्डा नभएको रास्वपाले जतिबेलै पार्टी सभापति रवि लामिछानेको नाम भजाएर जनताको सेन्टिमेन्ट बटुल्न खोजिरहेको छ । तर त्यसमा पनि रास्वपा असफल देखिन्छ ।

संसदमा २१ सिट भएको रास्वपाले एउटै पनि जनताको मन जित्ने काम गर्न सकेको छैन । विगतमा पुराना दलले काम नगरेको भनेर संसदमा रास्वपा आएको पनि तीन वर्ष भइसक्यो । तर, विरोधका लागि विरोध गर्नेबाहेक रास्वपाले केही गर्न सकेको छैन । दुई दुईपटक सरकारमा गएर पनि डेलिभरी दिने काम गर्न नसकेको रास्वपाको सबैभन्दा ठूलो कमजोरी भनेकै राजनीतिक मुद्दामा स्पष्ट हुन नसक्नु हो ।

अहिले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा रास्वाले विरोध गरेको डेढ महिना भइसक्यो । न त अहिलेसम्म रास्वपाको माग सम्बोधन गर्न सरकार तयार छ, न रास्वपासँग आन्दोलन छोड्ने बहाना नै छ । र रास्वपालाई सदनको अवरोध भारी पर्न थालेको छ । गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करीको आरोप लगाएर सदन अवरोध गर्दा रास्वपाले सकारात्मक प्रतिक्रिया पायो ।

माओवादीले मुद्दा छोड्दा पनि रास्वपा अडानमै रह्यो भन्ने सन्देशले फाइदा नै पुर्याएको निष्कर्षमा रास्वपा पुग्यो । वेलमा प्रवेश गरेर लामो समय नाराबाजी गर्दा थकित भएका सांसदले विरोधको शैली परिवर्तन गरे । तर, सदनमा दुई मिनेटमा आफ्ना कुरा राख्ने र बाहिरिने नियमितताले सदनका काम कारबाहीमा कुनै असर परेको देखिँदैन ।

गृहमन्त्री रमेश लेखक पदमै छन् । सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेर काम अघि बढाइसकेको छ । जेठ १५ गते बजेट ल्याउन पनि उनीहरुले सहजै छाडिदिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने मागमा विपक्षी दलहरु जेठ २९ गतेसम्म एकैठाउँ रहे ।

रास्वपाले सदनमा गरिरहेको गतिविधिलाई सिकाइको रुपमा पनि लिँदै आएको छ । तर, उसलाई अन्य दलहरुको विगतको अभ्यासबाट नसिकेको टिप्पणी हुँदै आएको छ । रास्वपालाई कांग्रेसबाटै मन्त्री बनेका लेखकबारे प्रश्न उठाइरहँदा एउटा लाभ भने भयो ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिनको माग कांग्रेसले नै गरेको थियो । रास्वपालाई संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले ‘नोटिसमा पनि नराखेको’ मा आपत्ति थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT