Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघनघोर अलमलमा रास्वपा, उठाएको मुद्दालाई पार लगाउनै सक्दैन

घनघोर अलमलमा रास्वपा, उठाएको मुद्दालाई पार लगाउनै सक्दैन


काठमाडौं । संसदको चौथो ठूलो दल रास्वपा अहिले अन्योलको भुमरीमा फसेको छ । कुनै पनि राजनीतिक एजेण्डा नभएको रास्वपाले जतिबेलै पार्टी सभापति रवि लामिछानेको नाम भजाएर जनताको सेन्टिमेन्ट बटुल्न खोजिरहेको छ । तर त्यसमा पनि रास्वपा असफल देखिन्छ ।

संसदमा २१ सिट भएको रास्वपाले एउटै पनि जनताको मन जित्ने काम गर्न सकेको छैन । विगतमा पुराना दलले काम नगरेको भनेर संसदमा रास्वपा आएको पनि तीन वर्ष भइसक्यो । तर, विरोधका लागि विरोध गर्नेबाहेक रास्वपाले केही गर्न सकेको छैन । दुई दुईपटक सरकारमा गएर पनि डेलिभरी दिने काम गर्न नसकेको रास्वपाको सबैभन्दा ठूलो कमजोरी भनेकै राजनीतिक मुद्दामा स्पष्ट हुन नसक्नु हो ।

अहिले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा रास्वाले विरोध गरेको डेढ महिना भइसक्यो । न त अहिलेसम्म रास्वपाको माग सम्बोधन गर्न सरकार तयार छ, न रास्वपासँग आन्दोलन छोड्ने बहाना नै छ । र रास्वपालाई सदनको अवरोध भारी पर्न थालेको छ । गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करीको आरोप लगाएर सदन अवरोध गर्दा रास्वपाले सकारात्मक प्रतिक्रिया पायो ।

माओवादीले मुद्दा छोड्दा पनि रास्वपा अडानमै रह्यो भन्ने सन्देशले फाइदा नै पुर्याएको निष्कर्षमा रास्वपा पुग्यो । वेलमा प्रवेश गरेर लामो समय नाराबाजी गर्दा थकित भएका सांसदले विरोधको शैली परिवर्तन गरे । तर, सदनमा दुई मिनेटमा आफ्ना कुरा राख्ने र बाहिरिने नियमितताले सदनका काम कारबाहीमा कुनै असर परेको देखिँदैन ।

गृहमन्त्री रमेश लेखक पदमै छन् । सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेर काम अघि बढाइसकेको छ । जेठ १५ गते बजेट ल्याउन पनि उनीहरुले सहजै छाडिदिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने मागमा विपक्षी दलहरु जेठ २९ गतेसम्म एकैठाउँ रहे ।

रास्वपाले सदनमा गरिरहेको गतिविधिलाई सिकाइको रुपमा पनि लिँदै आएको छ । तर, उसलाई अन्य दलहरुको विगतको अभ्यासबाट नसिकेको टिप्पणी हुँदै आएको छ । रास्वपालाई कांग्रेसबाटै मन्त्री बनेका लेखकबारे प्रश्न उठाइरहँदा एउटा लाभ भने भयो ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिनको माग कांग्रेसले नै गरेको थियो । रास्वपालाई संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले ‘नोटिसमा पनि नराखेको’ मा आपत्ति थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT