Techie IT
Wednesday, October 15, 2025 | बुधबार, असोज २९, २०८२
२०८२ असोज २९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनलाई सुनिताको कडा चुनौती, सरोज गुरागाईंबिना कार्यपालिका बैठक राख्न नससकिने अडान

बालेनलाई सुनिताको कडा चुनौती, सरोज गुरागाईंबिना कार्यपालिका बैठक राख्न नससकिने अडान

डुंगा प्वाल पारेर खोला तर्ने प्रयास नगर्न सुवाव


काठमाडौं, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले डुंगा प्वाल पारेर खोला तर्ने प्रयास नगर्न मेयर बालेन साहलाई चुनौती दिएकी छिन् । प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट लगायतका महत्वपूर्ण कार्यमा अवरोध पुर्याउन नहुने उपमेयर डंगोलको भनाइ छ ।

सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले आवेग र उत्तेजनामा होइन संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन आग्रह गरेकी हुन् । काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठक नबसेको ८–९ महिना भइसइसकेको छ । महिनैपिच्छे बस्नुपर्ने बैठक ८–९ महिनासम्म नबस्दा महानगरका थुप्रै–थुप्रै काम प्रभावित भएका छन् ।

कुनै नयाँ काम गर्नै सकेको छैन । बजेट खर्चको अवस्था निकै दयनीय छ । मेयर–उपमेयरबीच बोलचाल बन्द छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच पानी बाराबार छ । अरु वडाअध्यहरुलाई त मेयर शाह रहस्यमयी पात्र जस्ता लाग्छन् । जनताको प्रतिनिधि मेयर शाह जनताकै पहुँचभन्दा बाहिर छन् ।

महानगरविरुद्ध दिनुहुँजसो अनिमिताताको उजुरी परिरहन्छन् । यी सबै घटनाक्रमले पुष्टि गर्छ कि, काठमाडौं महानगरका मेयर बालेन साह पूर्णतः असफल भइसके । तर, यहाँ कोही भन्छन्– बालेनलाई कांग्रेस–एमालेका जनप्रतिनिधिले काम गर्नै दिएनन् । अर्थात् उनलाई असफल बनाउन कांग्रेस एमालेका कार्यकर्ता घुँडा धसेर लागेका छन् ।

यद्यपि, बुझ्न पर्ने कुरा यो छ कि, सफल नेता त्यो हो, जसले आफ्नो टिमका अधिकांशको मन जित्छ । तर दुर्भाग्य बालेनले महानगरमा आफ्नोबाहेक कसैको मन जित्न सकेनन् । र पनि उनका समर्थक यस्ता छन् कि– ललितपुरको ग्वार्कोमा ओभरपास बनेको जश पनि बालेनलाई नै दिइरहेका छन् । यसैबीच उपमेयर सुनिता डंगोलले बजेटका लागि एक्सन लिएकी छिन् ।

जसअनुसार उनले बुधबार आफ्नै अध्यक्षतामा बैठक राखेर बजेटबारे छलफल गरेकी छिन् । सम्भवतः उपमेयर सुनिताको पहलमा केही समयपछि नै भए पनि काठमाडौं महानगरको बजेट आउनेछ । र, फेरि पनि जश चाहिँ मेयर बालेनले नै पाउनेछन् । तर अश, अपजश जसले पाए पनि महानगरले बजेट ल्याउनै पर्छ ।

कोही–कसैको व्यक्तिगत इगोको सिकार काठमाडौं महानगरलाई बनाइनु हुँदैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

Techie IT