Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

रवि लामिछाने, माधव नेपाल र मोहन बस्नेतले जितेको ठाउँमा के होला ?


काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको तयारी गरेको हो । उपनिर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई नाम दर्ता गराउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो ।

२०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै निर्वाचनको मिति घोषणा गर्दैछ । यससँगै धेरैलाई चासो छ कि, चितवनबाट चुनाव जितेका रास्वपाका सभापति रवि लामिछाने, सिन्धुपाल्चोकबाट चुनाव जितेका कांग्रेसका मोहनबहादुर बस्नेत र रौतहटबाट चुनाव जितेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललको पद के होला ? लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने बस्नेत र नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

यी तिनैजना सांसदको पद निलम्बनमा परेको छ । बुझिएअनुसर उनीहरुको पद निलम्बन मात्रै भएकाले उनीहरुले चुनाव जितेको क्षेत्रमा उपनिर्वाचन हुँदैन । यदि, अदालतबाट फैसला नै भएर उनीहरु दोषी ठहर भए भने मात्रै उक्त क्षेत्रमा पुन निर्वाचन हुन्छ । स्मरणीय छ कि, रवि लामिछाने चितवनबाट उपनिर्वाचन पनि जितेर सांसद भएका हुन् । यी नेताले जितेको ठाउँमा चुनाव नभए पनि देशका थुप्रै स्थानीय तहहरु जनप्रतिनिधिविहीन भएका छन् । दर्जनौं वडामा वडाध्यक्षहरु रिक्त छन् । यसअघि २०८१ साल मंसिर १६ गते पनि उपनिर्वाचन भएको थियो । अब उपनिर्वाचन हुँदा रुपन्देही– ३ र मनाङको १ ‘ख’मा चुनाव हुनेछ ।

रुपन्देहीमा राप्रपाबाट चुनाव जितेका सांसद दिपक बोहराको मृत्यु भएको हो भने मनाङका प्रदेशसभा सदस्य दीपक मनाङे फैजदारी कसुरमा जेल परेका छन् । निर्वाचित सांसद वा जनप्रतिनिधिको मृत्यु भएमा, राजीनामा वा बर्खास्तीपछि पद रिक्त भएमा, कुनै गम्भीर अभियोगमा दोषी ठहर भई कानुनी रूपमा पद गुमेवा र अदालतले मतगणना वा निर्वाचित व्यक्तिको उम्मेदवारी रद्द गरेमा पर रिक्त हुन्छ । र त्यहाँ उपनिर्वाचन हुने व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि १७ वटा गम्भीर आरोप…

काठमाडौं । जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT