Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा

नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा


काठमाडाैं । पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिमचिम बढेको छ । प्रचण्ड र देउवाबीच हिमचिम बढेपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भने तनावमा परेका छन् । खासमा देउवाले ३० मिनेट कान फुकेपछि नै प्रचण्ड संसदको अवरोध खुलाउन तयार भएका थिए ।

त्योबेलादेखि नै उनीहरुको हिमचिम बढेको हो । र पछिल्लो समय उनीहरुबीच निकै घनिष्टता बढेको पाइएको छ । यससँगै नेपाली राजनीतिमा अर्कैखाने खिचडी पाक्ने आकलन गरिएको छ । छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवा जुनसुकै समीकरणबाट भए पनि त्यसको सुनिश्चितता चाहन्छन् ।

गठबन्धन फेरिरहँदा त्यो सम्भावना कम हुनेमा सचेत रहेका उनी अर्को विकल्प तयार नहुँदासम्म ओलीको साथ छोड्ने पक्षमा छैनन् । एमाले र रास्वपालाई बाहिर राखेर संख्या पुर्याउन भित्रभित्रै गृहकार्य चलेको भए पनि देउवाले प्रचण्डको विश्वास गरिसकेका छैनन् । ओलीले प्रत्येक भाषणमा ‘समयमै सत्ता हस्तान्तरण गर्छु’ भन्नुको कारण पनि त्यही हो । बुझिएअनुसार देउवासँगको पछिल्लो भेटमा प्रचण्डले त्यो विश्वास दिलाउन प्रयास गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनलाई बटमलाइन बनाएर जेठ १३ गतेदेखि संसद अवरोध गरेको माओवादी ३० गते पुग्दा नपुग्दै एकाएक सदन खोल्न तयार भयो । त्यसअघि प्रचण्डसहित माओवादी नेताहरूले छानविन आयोग–समिति गठनको सुनिश्चितता नहुँदासम्म कुनै हालतमा अडान नछोड्ने भनेका थिए । तर, संसदीय संघर्षमा सँगै रहेको रास्वपालाई अलपत्र पारेर एकाएक सत्तासँग सम्झौता गर्न पुग्यो ।

अमूर्त भाषमा लेखिएको दुई बुँदे सम्झौताको टालोले मुख छोपेर माओवादी नेतृत्व संसद खुलाउन तयार हुँदा कार्यकर्तापंक्ति भने आक्रोशित छ । त्यसो त, अग्नि सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साँटिएको भन्नेहरू पनि छन् ।

तर, बुझ्नुपर्ने कुरा के हो भने जनयुद्धकालीन मुद्दा खेपिरहेका सापकोटालाई कांग्रेस र माओवादीले मिलेर जोगाउन सम्भव छैन । किनभने सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दा राजनीतिक सहमतिका आधारमा छिनोफानो हुनै सक्दैन ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT