Techie IT
Thursday, December 4, 2025 | बिहीबार, मंसीर १८, २०८२
२०८२ मंसीर १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा

नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा


काठमाडाैं । पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिमचिम बढेको छ । प्रचण्ड र देउवाबीच हिमचिम बढेपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भने तनावमा परेका छन् । खासमा देउवाले ३० मिनेट कान फुकेपछि नै प्रचण्ड संसदको अवरोध खुलाउन तयार भएका थिए ।

त्योबेलादेखि नै उनीहरुको हिमचिम बढेको हो । र पछिल्लो समय उनीहरुबीच निकै घनिष्टता बढेको पाइएको छ । यससँगै नेपाली राजनीतिमा अर्कैखाने खिचडी पाक्ने आकलन गरिएको छ । छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवा जुनसुकै समीकरणबाट भए पनि त्यसको सुनिश्चितता चाहन्छन् ।

गठबन्धन फेरिरहँदा त्यो सम्भावना कम हुनेमा सचेत रहेका उनी अर्को विकल्प तयार नहुँदासम्म ओलीको साथ छोड्ने पक्षमा छैनन् । एमाले र रास्वपालाई बाहिर राखेर संख्या पुर्याउन भित्रभित्रै गृहकार्य चलेको भए पनि देउवाले प्रचण्डको विश्वास गरिसकेका छैनन् । ओलीले प्रत्येक भाषणमा ‘समयमै सत्ता हस्तान्तरण गर्छु’ भन्नुको कारण पनि त्यही हो । बुझिएअनुसार देउवासँगको पछिल्लो भेटमा प्रचण्डले त्यो विश्वास दिलाउन प्रयास गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनलाई बटमलाइन बनाएर जेठ १३ गतेदेखि संसद अवरोध गरेको माओवादी ३० गते पुग्दा नपुग्दै एकाएक सदन खोल्न तयार भयो । त्यसअघि प्रचण्डसहित माओवादी नेताहरूले छानविन आयोग–समिति गठनको सुनिश्चितता नहुँदासम्म कुनै हालतमा अडान नछोड्ने भनेका थिए । तर, संसदीय संघर्षमा सँगै रहेको रास्वपालाई अलपत्र पारेर एकाएक सत्तासँग सम्झौता गर्न पुग्यो ।

अमूर्त भाषमा लेखिएको दुई बुँदे सम्झौताको टालोले मुख छोपेर माओवादी नेतृत्व संसद खुलाउन तयार हुँदा कार्यकर्तापंक्ति भने आक्रोशित छ । त्यसो त, अग्नि सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साँटिएको भन्नेहरू पनि छन् ।

तर, बुझ्नुपर्ने कुरा के हो भने जनयुद्धकालीन मुद्दा खेपिरहेका सापकोटालाई कांग्रेस र माओवादीले मिलेर जोगाउन सम्भव छैन । किनभने सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दा राजनीतिक सहमतिका आधारमा छिनोफानो हुनै सक्दैन ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT