Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने


काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विशेष रुपमा मनाउने घोषणा गर्दै “Bridge Decade Cup 2025″को आयोजना गर्ने भएको हाे।

२२ जुन २०२५ (२०८२ असार ७, आइतबार)का दिन युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा Bridge XI र Devizes Cricket Clubबीच विशेष मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिनेछ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा, ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर तथा नेपालका अन्तर्राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेस्वयं Bridge XIटोलीको नेतृत्व गर्नेछन्।

ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले जानकारी दिएअनुसार, “Bridge Decade Cup 2025” कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम हो। “१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ,” गिरीले बताए।

कार्यक्रमको संयोजक विज्ञान कार्कीका अनुसार, यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो। “यो खेल प्रतिस्पर्धाभन्दा बढी आपसी स्नेह र सहयोगको उदाहरण बन्नेछ,” कार्कीले बताए। प्रतियोगिताको प्राविधिक पक्षमा Maxx Cricket Clubसहकार्य गर्दैछ। क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन्। “खेलले समुदायलाई जोड्ने माध्यम हो, र यस ऐतिहासिक इभेन्टको भाग बन्न पाउनु गौरवको कुरा हो,” गुरुङको भनाइ छ।

कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाज प्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेशनलको मूल्यमा आधारित भएको बताए। Bridge Decade Cup हामी सबैको साझा भावना हो – जहाँ खेल पनि छ, सेवा पनि,” घिमिरेले उल्लेख गरे। Celebrating 10 Years of Bridge International – Unity Through Cricketभन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमासहयोग स्वरूप हस्तान्तरण गरिनेछ। सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन्।

ब्रिज इन्टरनेशनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार…

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको…

काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

Techie IT