Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेबारे खुल्दै थप रहस्यहरु, एक लाख जम्मा गरेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटियो

रवि लामिछानेबारे खुल्दै थप रहस्यहरु, एक लाख जम्मा गरेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटियो


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेले ऋण लिएको र शेयर लगानी गरेको इन्कार गरे पनि प्रमाण फेला परेको हो । अनुसन्धानका क्रममा लामिछानेले गोर्खा मिडियामा रकम पठाएको र सहकारीबाट १० करोड भन्दा बढी रकम अपचलन भएको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो । यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु ९जीबी० राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो । वित्तीय तथा आईटीमा जीबीले कसैको हस्तक्षेप नचाहने र कम्पनीमा उनैले ऋण उपलब्ध गराएको लामिछानेको बयान थियो ।

त्यही कारण लेखापरीक्षणमा पनि अध्यक्षको असुरक्षित कर्जा भनेरै उल्लेख हुने लामिछानेको भनाइ थियो । जीबीले नै चालु पुँजीको व्यवस्था गर्ने हुँदा कम्पनीबाट पुँजी आउने र जाने प्रक्रिया स्वाभाविक भएको लामिछानेले बयानमा बताएका थिए । आफ्नो लोकप्रियता देखेर जीबीले नै १५ प्रतिशत शेयर बिना लगानी उपलब्ध गराउने प्रस्ताव गरेको तथा मिडियामा लगानी ल्याउने प्रक्रियामा आफ्नो कुनै हात नभएको दाबी उनको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले कर्जा अभिलेखमा लामिछानेले ऋण लिएको प्रमाण रहेकाले इन्कारी बयान खण्डित भई कसुरमा संलग्न रहेको पुष्टि हुने दाबी गरेको हो । अनुसन्धानका क्रममा ५ वटा तथ्य अगाडि आएको दाबी गर्दै अभियोग पत्रमा ती प्रमाणहरू पनि पेस गरिएको छ ।

लामिछाने २०७८ साउन १८ गते सानोपाइला सहकारीको सदस्य बनेको देखिएको छ । सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ । त्यसको भोलिपल्ट नै अर्थात् साउन १९ गते १२ प्रतिशत ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख गरेको देखिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT