Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेबारे खुल्दै थप रहस्यहरु, एक लाख जम्मा गरेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटियो

रवि लामिछानेबारे खुल्दै थप रहस्यहरु, एक लाख जम्मा गरेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटियो


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड ऋण लिएको प्रमाण भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेले ऋण लिएको र शेयर लगानी गरेको इन्कार गरे पनि प्रमाण फेला परेको हो । अनुसन्धानका क्रममा लामिछानेले गोर्खा मिडियामा रकम पठाएको र सहकारीबाट १० करोड भन्दा बढी रकम अपचलन भएको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो । यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु ९जीबी० राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो । वित्तीय तथा आईटीमा जीबीले कसैको हस्तक्षेप नचाहने र कम्पनीमा उनैले ऋण उपलब्ध गराएको लामिछानेको बयान थियो ।

त्यही कारण लेखापरीक्षणमा पनि अध्यक्षको असुरक्षित कर्जा भनेरै उल्लेख हुने लामिछानेको भनाइ थियो । जीबीले नै चालु पुँजीको व्यवस्था गर्ने हुँदा कम्पनीबाट पुँजी आउने र जाने प्रक्रिया स्वाभाविक भएको लामिछानेले बयानमा बताएका थिए । आफ्नो लोकप्रियता देखेर जीबीले नै १५ प्रतिशत शेयर बिना लगानी उपलब्ध गराउने प्रस्ताव गरेको तथा मिडियामा लगानी ल्याउने प्रक्रियामा आफ्नो कुनै हात नभएको दाबी उनको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले कर्जा अभिलेखमा लामिछानेले ऋण लिएको प्रमाण रहेकाले इन्कारी बयान खण्डित भई कसुरमा संलग्न रहेको पुष्टि हुने दाबी गरेको हो । अनुसन्धानका क्रममा ५ वटा तथ्य अगाडि आएको दाबी गर्दै अभियोग पत्रमा ती प्रमाणहरू पनि पेस गरिएको छ ।

लामिछाने २०७८ साउन १८ गते सानोपाइला सहकारीको सदस्य बनेको देखिएको छ । सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ । त्यसको भोलिपल्ट नै अर्थात् साउन १९ गते १२ प्रतिशत ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख गरेको देखिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको

बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर…

काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

Techie IT