Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?

अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?


काठमाडाैं । कुनैबेला   हरेक  शुक्रबार  सामाजिक सञ्जालमा स्टाटस लेख्ने बालेन साह अचेल मौन छन् । सरकारलाई सराप्दा–सराप्दा हैरान भएपछि ‘के माया लाग्छ र ?’ भन्नेसम्मको स्टाटस लेख्न भ्याएका  बालेनले  अचेल स्टाटस नलेख्नुलाई धेरैले चासोपूर्वक हेरेका छन् ।

यतिसम्म कि, उनले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जबरजस्ती  कार्यालय  प्रवेश गराएको मात्रै होइन, आफ्ना सारथि नगरी प्रहरी प्रमुख  राजुनाथ पाण्डेलाई हटाउँदा समेत केही स्टाटस लेखेनन् । पछिल्लो समय उनी निकै विवादित भइरहेका छन् । र काठमाडौं महानगरमा पनि केही न केही घटनाहरु भइरहेका छन् ।

हरेक  घटनासँगै धेरैको चासो हुन्छ कि, बालेनको  स्टाटस के आउला ? भनेर । तर  उनी अचेल लेख्दैनन् । आफ्नी श्रीमतीलाई  ट्राफिक प्रहरीले चेकजाँच गर्दासमेत सिंहदरबार जलाइदिन्छु भनेर स्टाटस लेख्ने बालेनको त्यो दम अहिले कता हरायो ? बालेनको अहिलेको मौनताबारे धेरैले धेरै कोणबाट विश्लेषण गरिरहेका छन् । कतिपयले बालेनले मौनता साँधेर  शक्ति सञ्चय गरिरहेको कोणबाट हेर्नेहरु पनि धेरै छन् ।

कोही कोहीले भने बालेनले हार खाएको कोणबाट पनि विश्लेषण  गरिरहेका छन् । केही क्रेजी फ्यानहरु भने बालेन अब  झन् प्रभावकारी नायकका रुपमा आउने प्रतीक्षा गरिरहेका छन् । तर सत्य यो कि, बालेन आफूले काम गर्नै नसकेको तीतो वर्तमानबाट गुज्रिरहेका छन् । मेयर भएको तीन वर्षसम्म पनि उनले देखिने गरी केही काम गर्न सकेका छन् ।

उनका  समर्थकहरुले   काठमाडौंमा रुखको  पात हरियो हुनुको जश पनि बालेनलाई दिइरहेका छन् । तर, भौतिकरुपमा काठमाडौं महानगरले केही काम गर्नै सकेको छैन । सुरुसुरुमा दुईचार ठाउँमा डोजर चलाएर हाइहाइ पाएका बालेनलाई आफ्नो साख जोगाउन कठिन भएको छ ।

अन्धभक्त समर्थकले जे–जे भने पनि काम गर्नै नसकेको आत्मग्लानीका कारण बालेन नराम्ररी निचोरिएका छन् । त्यसैले उनी अचेल कुनै स्टाटस लेख्दैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT