Techie IT
Wednesday, December 24, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र


काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका वौद्धिक व्यक्तित्व, प्रेरक आमाहरु, समाजसेवी, कलाकार, सञ्चारकर्मी र अध्यात्मिक अगुवाहरूलाई सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल भारत–विश्व मैत्री संघका नव निर्वाचित पदाधिकारीहरूको घोषणा समेत गरिएको छ, जहाँ ध्रुव एस्ट्रो वास्तु स्टुडियोका संस्थापक तथा फिल्म निर्माता ध्रुवराज पराजुली संघका उपाध्यक्षको रूपमा सर्वसम्मत चयन भएको घोषणा गरियो ।

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले पछिल्लो समय अध्यात्म, वास्तुशास्त्र, चलचित्र निर्माण र सांस्कृतिक परियोजनामा उल्लेखनीय काम गर्दै आएको छ । संस्थाको ब्यानर अन्तर्गत निर्माणाधीन चलचित्र ‘कुम्भ’ एक विशेष चर्चा र प्रतीक्षाको विषय बनेको छ ।

नेपाल–भारतको विभिन्न लोकेसनमा छायांकन भइरहेको ‘कुम्भ’ फिल्म एक अन्तर्राष्ट्रिय स्तरको नेपाली एक्शन थ्रिलर हो, जसमा नेपाली तथा भारतीय कलाकारहरूको सशक्त अभिनय रहनेछ । फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुँदैछ । यस चलचित्रमार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य राखिएको छ ।

फिल्म ‘कुम्भ’ का निर्माता ध्रुवराज पराजुली, राजेश शाह, र रंधिर श्रेष्ठ हुन् भने निर्देशक रंधिर श्रेष्ठ स्वयम् रहेका छन् । कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । फिल्ममा सुनिल थापा, सृष्टि खड्का, अशोक आर्यन सुशील पोखरेललगायतका चर्चित कलाकारको अभिनय रहनेछ । भिडन्त निर्देशनमा सम्राट बस्नेत छन् ।

कार्यक्रममा ध्रुव एस्ट्रो वास्तु स्टुडियोको नयाँ लोगो पनि औपचारिक रूपमा सार्वजनिक गरियो, जसले संस्थाको आधिकारिक अस्तित्व र भविष्यको दिगो योजना प्रति प्रतिबद्धता दर्शाउँछ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, निर्वाचन अधिकारी अरुण कुमार प्रधान, र महिला निर्वाचन अधिकारिक देवी सुवेदीलगायतको गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा ध्रुवराज पराजुलीले मन्तव्य दिँदै संस्था कला, अध्यात्म र राष्ट्रिय पहिचानको साझा मञ्च भएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

Techie IT