Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र


काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा एक भव्य ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका वौद्धिक व्यक्तित्व, प्रेरक आमाहरु, समाजसेवी, कलाकार, सञ्चारकर्मी र अध्यात्मिक अगुवाहरूलाई सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल भारत–विश्व मैत्री संघका नव निर्वाचित पदाधिकारीहरूको घोषणा समेत गरिएको छ, जहाँ ध्रुव एस्ट्रो वास्तु स्टुडियोका संस्थापक तथा फिल्म निर्माता ध्रुवराज पराजुली संघका उपाध्यक्षको रूपमा सर्वसम्मत चयन भएको घोषणा गरियो ।

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले पछिल्लो समय अध्यात्म, वास्तुशास्त्र, चलचित्र निर्माण र सांस्कृतिक परियोजनामा उल्लेखनीय काम गर्दै आएको छ । संस्थाको ब्यानर अन्तर्गत निर्माणाधीन चलचित्र ‘कुम्भ’ एक विशेष चर्चा र प्रतीक्षाको विषय बनेको छ ।

नेपाल–भारतको विभिन्न लोकेसनमा छायांकन भइरहेको ‘कुम्भ’ फिल्म एक अन्तर्राष्ट्रिय स्तरको नेपाली एक्शन थ्रिलर हो, जसमा नेपाली तथा भारतीय कलाकारहरूको सशक्त अभिनय रहनेछ । फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुँदैछ । यस चलचित्रमार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य राखिएको छ ।

फिल्म ‘कुम्भ’ का निर्माता ध्रुवराज पराजुली, राजेश शाह, र रंधिर श्रेष्ठ हुन् भने निर्देशक रंधिर श्रेष्ठ स्वयम् रहेका छन् । कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । फिल्ममा सुनिल थापा, सृष्टि खड्का, अशोक आर्यन सुशील पोखरेललगायतका चर्चित कलाकारको अभिनय रहनेछ । भिडन्त निर्देशनमा सम्राट बस्नेत छन् ।

कार्यक्रममा ध्रुव एस्ट्रो वास्तु स्टुडियोको नयाँ लोगो पनि औपचारिक रूपमा सार्वजनिक गरियो, जसले संस्थाको आधिकारिक अस्तित्व र भविष्यको दिगो योजना प्रति प्रतिबद्धता दर्शाउँछ ।

पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, निर्वाचन अधिकारी अरुण कुमार प्रधान, र महिला निर्वाचन अधिकारिक देवी सुवेदीलगायतको गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा ध्रुवराज पराजुलीले मन्तव्य दिँदै संस्था कला, अध्यात्म र राष्ट्रिय पहिचानको साझा मञ्च भएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT