Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ?

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ?


काठमाडौं । यहाँ घटना जे होस्, त्यसलाई हेर्ने दुईथरी दृष्टिकोण पहिल्यै सेट भएको हुन्छ । सत्ता पक्षले ‘एकदम ठिकठाक’ देखेको कुरालाई प्रतिपक्षले ‘हन्ड्रेड पर्सेन्ट गलत’ देख्छ । प्रतिपक्षले सुनौलो देखेको सत्यलाई सत्तापक्षले कुरुप नाटक देख्छ ।

यस्तैबीच बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा गर्दा गरेको छ । आयोगले भ्रष्टाचारी ठहर गरेर अदालतमा मुद्दा दर्तासँगै माधव नेपालको सांसद पद निलम्बनमा परेको छ ।

यससँगै यो घटनालाई हेर्ने दुईथरी नजरिया सतहमा आएको छ । कसैले कुनै मिडिया नै नहेरी वा कसैको कुनै प्रतिक्रिया नै नसुनी पनि भन्न सकिन्छ कि, मावध नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनुलाई कांग्रेस–एमालेले सुशासनका लागि सरकारको सत्प्रयास देखेका छन् भने माओवादी, एकीकृत समाजवादीलगायतले राजनीतिक प्रतिशोध साँधेको बुझिरहेका छन् । प्रष्ट छ कि, उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्यो । भ्रष्टाचार भएको ठहर गरेसँगै अदालतमा मुद्दा दर्ता भयो ।

अब अदालतले गर्ने आदेश र फैसलाअनुसार घटना अघि बढ्छ । तर हाम्रो मानसिकता यसरी सेट भएको छ कि, अब माधव नेपाल पक्राउ परे भने सरकारले पक्रेको भन्छौं, छुटे भने अदालतले छुटाएको भन्छौं ।

अब माओवादी र एकीकृत समाजवादीले त प्रतिशोध साँधेको भन्ने नै भए, जसरी यसअघि सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान हुँदा रास्वपाले रोइलो गरेको थियो, त्यसरी नै एकीकृत समाजवादीले रोनाधोना गर्नसक्छ । त्यतिबेला नेकपा एस र माओवादीका नेताहरुले त्यो कुरा विर्सने छन् कि, केही दिनअघि मात्रै कांग्रेस नेता मोहनबहादुर बस्नेत टेरामक्स घोटला प्रकरणमा मुछिएसँगै उनको सांसद पद गएको थियो ।

यो पनि स्मरणीय छ कि, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझी पनि कारागारमै छन् । पछिल्लो समय घटनाक्रमहरु अलि द्रुततर गति अघि बढेको छ । सर्वोच्चको आदेशसँगै माओवादी नेता अग्नि सापकोटलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ । यता भटाभट प्रभावशाली व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दर्ता हुन थालेको छ ।

हिजो सुशासनको नारा फलाकेर कहिल्यै नथाक्नेहरु अहिले अख्तियारमाथि नै खोट देख्न थालेका छन् । तर, अरु जे–जे भए पनि पतञ्जलीको जग्गा प्रकरणमा मात्रै होइन, बालुवाटार जग्गाकाण्डदेखि भिजिट भिसा प्रकरणसम्म र गिरीबन्धुदेखि नुवाकोटको शेरा दरबारसम्मको अनुसन्धान हुनैपर्छ । सुशासन गफमा होइन, व्यवहारमा भएको देख्न पाइयोस् !






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT