Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमहानगरमा निरीह बने बालेन, काठमाडौंबासी निरास

महानगरमा निरीह बने बालेन, काठमाडौंबासी निरास


काठमाडौं । अहिले जाताततै काठमाडौं महानगरका मेयर बालेन साहको हाइहाइ छ । मान्छेहरु भन्छन्– ‘मेयर होस् त काठमाडौंको बालेन जस्तो । बालेनलाई मेयर मात्रै होइन, देशको प्रधानमन्त्री नै बनाउनुपर्छ ।’ मान्छेहरुले यसो भनिरहँदा काठमाडौं महानगरकै स्थिति भने निकै दयनीय छ ।

महानगरभित्र यति भद्रगोल छ कि, त्यो भनिसाध्ये छैन । सहजै अनुमान गर्न सकिन्छ कि, महिनैपिच्छे बस्नुपर्ने कार्यपालिका बैठक आधा वर्षयता बस्न सकेको छैन । बैठक बस्न नसकेपछि महानगरले कुनै कार्यक्रम बनाउन सकेको छैन । कार्यक्रम नबनेपछि कुनै काम हुने कुरै भएन । त्यसैले बजेट खर्चको स्थिति पनि नाजुक छ । महानगरले गर्नैपर्ने काम गरेकै छैन ।

यतिसम्म कि, कर्मचारीलाई तलब खुवाउनसमेत महानगरलाई हम्मेहम्मे परेको थियो । जताबाट हेरे पनि महानगरमा भ्वाङैभ्वाङ छ । तर पनि मान्छेहरु ‘रहस्यमयी कथाका राजकुमार’लाई मन पराएजसरी मेयर बालेनको फ्यान भइरहेका छन् । यसैबीच मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिदिए । यससँगै काठमाडौं महानगरभित्र मेयर साह पूर्णरूपमा एक्लिएका छन् ।

अहिलेसम्म मेयरलाई साथ दिइरहेको नगर प्रहरीसमेत बालेनको पकडबाट फुस्किएको छ । प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको घटनालाई लिएर एसएसपी पाण्डेलाई कारवाही गरेका हुन् । उक्त घटनाका विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ । बढीमा ६ महिनाका लागि पाण्डेलाई निलम्बनमा राख्दै गुरागाईंले नगरप्रहरीको तत्कालीन नेतृत्व एसपी विष्णु जोशीलाई दिएका छन् ।

अहिलेसम्म कर्मचारी र जनप्रतिनिधलाई विश्वासमा लिन नसकेका बालेनले नगरप्रहरीको आडमा महानगर चलाइरहेका थिए । आफैंले नगर प्रहरी प्रमुख बनाएको हुँदा राजु पाण्डेको बालेनलाई पूर्ण समर्थन र साथ थियो । कानूनतः नगर प्रहरीलाई प्रशासकीय अधिकृतले कमाण्ड गर्ने भए पनि पाण्डे सिधै बालेनको आदेशमा चल्ने गर्थे । बालेनकै निर्देशन बमोजिम गत चैत २१ मा प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय आउन नदिन पाण्डेको नेतृत्वमा नगर प्रहरी परिचालित भएका थिए ।

तर, जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई कार्यालय पुनःस्थापित गराइ छाडे । उक्त घटनापछि बालेनको प्रशासकीय अधिकृतसँग पानी बाराबारकै स्थिति छ । उपमेयर सुनीता डंगोलसँग पनि बालेनको सम्वन्ध बिग्रिएको छ । आपसी समन्वयमा महानगर चलाउनुपर्ने प्रमुख तीन व्यक्तिहरूबीच नै चरम अविश्वास र असमझदारी उत्पन्न भएपछि महानगरका महत्वपूर्ण काम कारवाहीहरू प्रभावित बनिरहेका छन् ।

काठमाडौंका वडाध्यक्षहरू पनि सबैजसो बालेनको विपक्षमा उनीहरूले बालेनको कार्यशैली अलोकतान्त्रिक, अपारदर्शी र मनोमानीपूर्ण रहेको भन्दै विरोध गर्दै आएका छन् । बालेनले जनप्रतिनिधि र कर्मचारीहरूलाई उपेक्षा गर्दै सचिवालयमार्फत महानगर चलाउन खोजेको आरोप छ ।

अब स्वभाविक प्रश्न उठ्छ– के बालेनले अब कांग्रेस एमालेले काम गर्न दिएनन् भनेर बसेको भरमा हुन्छ ? नेतृत्वले जनप्रतिनिधि र कर्मचारीलाई दोष थोपरेर पन्छने कि समस्याको समाधान निकाल्ने ? गरे आफूले गरेको हुने र गर्न नसके अरुले गर्न नदिएको भनेर कहिलेसम्म भाग्ने छुट हुन्छ । सफल नेतृत्व त्यो हो, जसले विषम परिस्थितिमा पनि गुणस्तरीय काम गर्न सक्छ । आफूमातहतका मान्छेलाई विश्वासमा लिनसक्छ । आफूबाहेक सबै गलत भन्ने मन्यताले कसलाई कहाँ पो पुर्याउला ?






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT