Techie IT
Saturday, August 2, 2025 | शुक्रबार, साउन १६, २०८२
२०८२ साउन १६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी उद्घाटन गरे प्रतिकार गर्ने

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी उद्घाटन गरे प्रतिकार गर्ने


काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले अहिले निकै चर्चा पाइरहेको छ । सुनकोशी गाउँपालिकासँगै नेकपा एमाले र माओवादी केन्द्रले विज्ञप्तिनै जारी गरेर ‘जबरजस्त स्वास्थ्यचौकी उद्घाटन नगर्न’ चेतावनी दिएको छ । तर बस्नेत भने जसरी पनि चौकी उद्घाटन गर्ने रणनीतिमा छन् ।

यसैबीच नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि पनि विज्ञप्ति जारी गर्दै उक्त स्वास्थ्यचौकी जबरजस्त उद्घाटन नगर्न आग्रह गरेको छ । उनीहरुले जबरजस्ती उद्घाटन गरे प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।

सुनकोशीका युवा संघ अध्यक्ष रामकाजी खत्री र अनेरास्ववियु अध्यक्ष सुनिल थापाले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।

अखिल र युवा संघले प्रतिकार गर्ने






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

चक्रे मिलनको ग्याङपछि थप गुण्डा खोज्दै प्रहरी, पक्राउ परेकाहरूको ट्रयाक…

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनसँगै ४७ जनालाई पक्राउ गरेको प्रहरीले थप गुण्डाहरुको खोजीलाई तीव्र पारेको छ । पक्राउ परेकासँगको

विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रदेश प्रमुख काठमाडौं आएपछि बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित

काठमाडौं । प्रदेश प्रमुख काठमाडौं आएपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका

रुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । यो सन् १९५२ यता मापन गरिएको

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौ । प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र राप्रपा नेता ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् । हामी नेपाली

सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराए, खोजी गर्दै प्रहरी

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । उनीहरु एक्कसी हराएपछि प्रहरीले खोजी थालेको छ

Techie IT