Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमहाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल

महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल


काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा पर्न सफल भएको छ।

आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तर लागिपरेको महाभारत गाउँपालिकाले वित्तीय व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शून्य बेरुजु पालिकाको रुपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

महाभारत गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, सेवाग्राही र सरोकारवालाहरूको समन्वय र निरन्तर प्रयासकै परिणामस्वरूप यो सफलता हासिल भएको गाउँपालिकाले जनाएको छ।

महाभारत गाउँपालिकाका अध्यक्षले सम्पूर्ण महाभारतबासीलाई बधाई दिँदै भन्नुभयो, “हामी परिणाममा विश्वास गर्छौं, चाहे कार्यसम्पादन होस् वा शून्य बेरुजु। जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने हाम्रो दृढ अठोट आगामी दिनमा पनि जारी रहनेछ।”

महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो उपलब्धि हासिल गर्नु सम्पूर्ण गाउँपालिका र जिल्लाका लागि गर्वको विषय बनेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT