Techie IT
Friday, August 22, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन

विशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन


काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंले २०८२ सालको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

युवा विद्यार्थी विशेषको कार्यालय बुद्धनगरमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेशका कमिटिका इञ्चार्ज सुजिता शाक्यले क्यालेन्डरको विमोचन गरेकी हुन् ।

विमोचन पश्चात शाक्यले ‘यस्ता रचनात्मक कार्य गर्दा पार्टी र कमिटी दुवैको महत्व बढ्छ, पार्टी आन्दोलन उठाउन र जनतामाझ पुग्न सजिलो हुन्छ’ भन्दै यीलगायत अरु कामहरु गर्न सल्लाह दिइन् । शाक्यले ‘मिसन ०८४’ मा लाग्न आग्रह गर्दै सबैलाई एमालेमा एकजुट हुन आग्रह समेत गरिन् ।

उपत्यका विशेष प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले यो जिल्ला कमिटीको महत्व र पावर बढेको बताए ।

प्रचार विभाग प्रमुख किरण देउजाले ‘यो प्रचार विभागको वार्षिक कार्य योजना अन्तर्गतकै कार्यक्रम रहेको र केही समय भित्र नै कमिटीको मुखपत्र निकाल्ने तयारी भएको’ बताए । अर्को प्रसंगमा देउजाले ‘यो कमिटीको ३४ वर्षको इतिहासमा पहिलोपटक यस्ता रचनात्मक कार्य सुरु गरेकोले आगामी दिनमा निरन्तरता दिने’ बताए ।

उक्त कार्यक्रममा उपत्यका विशेष प्रदेशका उपसचिव उर्मिला सुनुवार, प्रदेश सदस्यहरु रमेश भट्टराई, उषा अधिकारी, पेशागत जिल्ला कमिटी अध्यक्ष मोहनकुमार पराजुली लगायतले शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु कोषाध्यक्षमा निर्वाचित सञ्चमाया सुब्बा र नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु उपाध्यक्षमा निर्वाचित पुषा मगरलाई सम्मान समेत गरिएको थियो । कमिटीका अध्यक्ष शुदर्शन शिवाकोटीको अध्यक्षतामा र सचिव नरेन्द्र न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ

ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर…

काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका

एमाले सिन्धुपाल्चोक क्षेत्र १ ‘ख’को बैठक सम्पन्न, प्रतिनिधि परिषद् बैठक…

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश ‘ख’ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । शनिबार

सरकार ढाल्ने सबै कार्ड फाल्दा पनि असफल भएपछि गले प्रचण्ड

काठमाडौं । सरकार ढाल्नका लागि प्रयोग गरिएका सबै कार्ड असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड नराम्ररी गलेका छन् । यसअघि सरकार

Techie IT