Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रगोल्डेन सुनगाभाको संसदमा संघीय सभामुख (भिडिओसहित)

गोल्डेन सुनगाभाको संसदमा संघीय सभामुख (भिडिओसहित)


भक्तपुर । शनिबार भक्तपुरको दुवाकोटस्थित दुवाकोट सिटी पार्टी प्यालेसमा एउटा रोचक दृश्य देखियो । जहाँ गोल्डेन सुनभागा इंलिस बोर्डिङ स्कुलका विद्यार्थीले ठ्याक्कै संघीय संसदको झल्को दिनेगरी कार्यक्रम गरिरहेका थिए । कार्यक्रम हलभित्र राखिएको टेबलमा सभामुख, उपसभामुख, संसद सचिवालय र त्यसको विपरीत रहेका डेक्समा प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष, प्रमुख सचेतक लेखिएको नेमप्लेट सहित कोट र पाइन्टमा विद्यार्थीहरु सजिएर बसेका थिए ।

यत्तिकैमा संघीय संसदका सभामुख देवराज घिमिरे हलभित्र प्रवेश गरे । र, नमूना संसदकी सभामुखले आसन ग्रहणका लागि अनुरोध गरिन् । अनि बज्यो राष्ट्रिय धुन ।

राष्ट्रिय धुन सकिएसँगै नमूना संसदकी सभामुखले कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल महेशचन्द्र गौतमलाई पाँच मिनेटभित्र आफ्नो भनाइ राख्न आग्रह गरिन् । प्रिन्सिपल गौतमले राजनीतिप्रति विद्यार्थीको धारणा परिवर्तनका लागि सहयोग पुर्याउन र संसदको गतिविधिबारे प्रयोगात्मकरुपमै जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

प्रिन्सिपलको भनाइपछि संसदकै झल्को दिनेगरी कार्यक्रम अघि बढ्यो ।

सांसदहरुले शून्य समयमा आफ्नो धारणासँगै प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागे । सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले संघीय संसदका सभामुख घिमिरेलाई विभिन्न समसामयिक विषयमा जिज्ञासा राखे ।

सभामुखले सांसदका प्रश्नको जवाफ दिइसकेपछि नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलालाई भनाइ राख्न अनुरोध गरिन् ।

अध्यक्ष निरौलाले विद्यार्थीलाई संसदका गतिविधिबारे प्रयोगात्मकरुपमै बुझाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।
र, नमूना संसदकी सभामुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरौलाले संसद अधिवेशन सकिएको पत्र पढेर सुनाइन् । र कार्यक्रम सकियो ।

हेर्नुहोस् कार्यक्रमको भिडिओ

 

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT