Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा नब्बे प्रतिशतभन्दा माथि उतीर्ण

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा नब्बे प्रतिशतभन्दा माथि उतीर्ण


हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक विद्यालय ले उत्कृष्ट प्रदर्शन गर्दै १००% नतिजा ल्याएको छ।

विद्यालयका अधिकांश विद्यार्थीले गणित विषयमा ९०% भन्दा माथि अंक ल्याएका छन्, जुन विशेष रूपमा उल्लेखनीय छ। २०८१ सालको आधारभूत शिक्षा समाप्ति परीक्षामा सहभागी भएका २६९ जना विद्यार्थीमध्ये २४३ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्।

गणित विषयमा ७१ जनाले A+, ८२ जनाले A, र ३५ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। शिक्षामा निरन्तर लगानी, गुणस्तरीय शिक्षक, र अभिभावकको सक्रियताले गर्दा हेलम्बु क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको हेलम्बु गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार, शिक्षक र विद्यार्थी दुवैको मेहनत तथा प्रविधिमैत्री शिक्षण विधिको अपनाइले यो सफलता सम्भव भएको हो। हेलम्बु गाउँपालिकाका अन्य विद्यालयले पनि क्रमशः आफ्नो शैक्षिक प्रदर्शनमा सुधार ल्याइरहेका छन्, जसले गाउँपालिकाको समग्र शिक्षाको स्तर माथि उकास्ने विश्वास लिइएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि

काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागू गर्ने जनाएको छ । अमेरिकालेसूचना

Techie IT