Techie IT
Saturday, October 25, 2025 | शनिबार, कात्तिक ८, २०८२
२०८२ कात्तिक ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रस्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान


काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र निर्देशनको क्षेत्रमा दुई दशक योगदान पुर्याएबापत समाजले श्रेष्ठलाई सम्मान गरेको हो । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित एक भव्य समारोहबीच वनमन्त्री प्रेमबहादुर सिंहले श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

२०५७ सालमा क्लासिक सिने युनिभर्समा प्रताप सुब्बाबाट प्रशिक्षण लिएसँगै सुरु भएको श्रेष्ठको कलायात्राले निकै आरोह–अवरोहको सामना गरेको छ । अभिनय सिक्न प्रशिक्षण लिन गएका श्रेष्ठलाई सुब्बाले निर्देशनतिर लाग्न प्रेरणा दिएका थिए ।

दुई वर्ष निर्देशनको कोर्ष गरेर उनी निदेर्शनतिर अघि बढेका थिए । ‘वचन’ नामक टेलिसिरियलबाट निर्देशन यात्रा सुरु गरेका श्रेष्ठले सुब्बासँगै दार्जलिङ र सिक्किमका दुई ठूला प्रोजेक्टमा काम गर्ने मौका पाए । र त्यसपछि उनी निरन्तर टेली चलचित्र, चलचित्र, वृत्तचित्रलगायतको निर्देशनमा व्यस्त छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT