Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमेयर बालेनकै कारण काठमाडौं महानगरमा तनाव, नगर प्रहरी र कर्मचारबीच घम्साघम्सी

मेयर बालेनकै कारण काठमाडौं महानगरमा तनाव, नगर प्रहरी र कर्मचारबीच घम्साघम्सी

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी, कर्मचारीले तलब पाउने बाटो खुल्यो


काठमाडौं । बिहीबार दिनभरजसो नै काठमाडौं महानगरपालिकाभित्र तनाव भइरह्यो । खासगरी मेयर बालेन शाहले नगर प्रहरी र अरु कर्मचारीलाई आपसमा भिडाएपछि महानगरमा तनाव भएको हो । आफू नेपथ्यमै बसेर मेयर बालेनले आफ्ना कर्मचारीलाई भिडाउँदा उपमेयर सुनिता डंगोलले भने समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

काठमाडौं महानगरमा तनाव बढ्नुको मूल कारण यहाँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्न दिने कि नदिने भन्ने हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ तीन महिना १४ दिनपछि बिहीबार कार्यालय फर्केका हुन् । गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । मेयर बालेन साहले भने गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरेका थिए ।

तर, नगरप्रहरीको अवरोध छिचोल्दै कर्मचारीले जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका हुन् । कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड गराएर मेयर साह भने अदृष्य बनेका छन् ।

मेयर बालेनप्रति उपमेयर ढंगोलसहित अधिकांश कर्मचारी आक्रोशित, फेसबुकमा स्टाटस लेखेर महानगर नचलाउन सुझाव

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति उपमेयर सुनिता ढंगोलसहित अधिकांश कर्मचारीले आक्रोश पोखेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई महानगर प्रहरीले कार्यालय प्रवेशमा रोक्न खोजेपछि उनीहरु मेयर शाहमाथि खनिएका हुन् । नगर प्रहरीको घेरा तोड्दै प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गराएपछि बसेको अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको आलोचना गरेकी हुन् । डंगोलले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिइन् । प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै डंगोलले अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् ।

तनावबीच काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी, अब कर्मचारीले तलब पाउने बाटो खुल्यो

३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । यससँगै महानगरका कर्मचारीको रोकिएको तलब निकासा हुनेछ ।

काठमाडौं महानगरका कर्मचारीप्रति आक्रामक बने नगर प्रहरी प्रमुख राजु पाण्डे, जबरजस्ती गरे राम्रो नहुने चेतावनी

दर्शकबृन्द, काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् । कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै उनी आक्रोशित भएका हुन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबीच टकराब भएको थियो । कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई स्वागत गरेर कार्यालयभित्र प्रवेश गराउँदा नगर प्रहरीले रोक्ने प्रयास गरेको थियो । कर्मचारीले प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा लागेको ताल्चा फुटाउने प्रयास गर्दा फेरि नगर प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा ढोकाको सिसा फुटेपछि नगर प्रमुख पाण्डे आक्रोशित बनेका थिए । उनले कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिएका छन् ।

किन प्रमुख प्रशासकीय अधिकृतको स्वागतमा गइनन् रास्वपाबाट चुनाव जितेकी वडाध्यक्ष ?

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन सबै वडाका अध्यक्षहरू महानगर कार्यालय पुग्दा वडा नम्बर १६ को वडाअध्यक्ष रोजिना श्रेष्ठ भने अनुपस्थित भएकी छन् । वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट श्रेष्ठले जितेकी हुन् । कांग्रेस एमालेका वडाध्यक्षहरु प्रशासकीय अधिकृतलाई हाजिर गराउने पक्षमा थिए । १६ नम्बरकी वडाध्यक्ष श्रेष्ठले भने यसबारे आफूलाई कसैले खबर नगरेको बताइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT