Techie IT
Saturday, October 25, 2025 | शनिबार, कात्तिक ८, २०८२
२०८२ कात्तिक ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन

चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन


चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको अधिवेशन सम्पन्न भएको हो ।

शुक्रबार अखिल नेपाल महिला संघ, शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन, जनसाँस्कृतिक महासंघ र लोकतान्त्रिक मगर संघको अधिवेशनले नया नेतृत्व चयन गरेको हो । महिला संघको शनिबार सम्पन्न अधिवेशनबाट कल्याणी नेपालको नेतृत्वमा ५७ सदस्यको नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुनिता अधिकारी र सरस्वती अधिकारी शर्मा, सचिव रश्मी सिलवाल, कोषाध्यक्ष र उपसचिव क्रमश कल्याणी घिसिङर गोमा दुलाल चयन भएका छन् । शुक्रबार संघको केन्द्रीय अध्यक्ष टुका हमालले बलेफी गाउँपालिका वडा नंम्वर ७ को सभाहलमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

शुक्रबार सुरु भई शनिबार निर्वाचन परिणाम आएको शिक्षक संगठनको नेतृत्वमा कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । संगठनको उपाध्यक्षमा बिर्खबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष अप्सरा खड्का, सचिव लेखनाथ भट्टराई, कोषाध्यक्ष तुलबहादुर लामा, सहकोषाध्यक्ष लक्ष्मी सत्याल र सहसचिव सावित्री सापकोटा निर्वाचित भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न संगठनको १४ औं जिल्ला अधिवेशनको राष्ट्रिय समितिका महासचिव हंसबहादुर शाही प्रमुख अतिथी र एमाले केन्द्रीय सदस्य सरेश नेपाल प्रमुख वक्ता रहेको उक्त अधिवेशनले ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न जनसाँस्कृतिक महासंघ सिन्धुपाल्चोकको सातौ अधिवेशनले क दिनेश भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको बागमती प्रदेश अध्यक्ष होमराज श्रेष्ठ र एमाले केन्द्रीय सदस्य सरेश नेपालले उद्घाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा भूवन नेपाल, सचिवमा लक्ष्मण तिमल्सिना चयन गरेको हो । महासंघको जिल्ला कार्यसमितिमा रत्नध्वज तामाङ, पूर्पा शेर्पा, राजेन्द्र खत्री, तीर्थनाथ आचार्य, चन्द्रावती नेपाली, नेत्र भट्टराई, अर्जून कार्की र रमेश पौडेल चयन भएका हुन् ।

त्यस्तै लोकतान्त्रिक मगर संघ सिन्धुपाल्चोकको शनिबार सदरमुकाम चौतारामा सम्पन्न प्रथम अधिवेशनबाट मिलन रानामगरको तेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । संघको उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षमा क्रमश दिलिप रानामगर, नानीमाया रानामगर, मदन पुलामीमगर र लीलामाया पुलामीमगर चयन भएका हुन् ।

संघको बागमती प्रदेश अध्यक्ष ओम थापामगर, एमाले केन्द्रीय सदस्य सुभाष कर्मचार्यले उद्घाटन गरेको अधिवेशनले पन्ध्र सदस्यको जिल्ला कार्य समिति निर्माण गरेको छ ।

जनसंगठनको जिल्ला अधिवेशनमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमानसिं तामाङ, ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा, नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष अर्जून भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिव सुशीला पाख्रीन, एमाले पूर्व अध्यक्ष कमल नेपाल, लोकतानित्रक आदिवासी जनजाती महासंघ केन्द्रीय सदस्य संगीता रानामगर लगायतको सहभागिता रहेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT