Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा

हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिकाको सहयोग तथा धन्वन्तरी आयुर्विज्ञान संस्थान, अन्नपूर्ण टाइम्स र मदन भण्डारी मेमोरियल कलेजको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन शनिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले आफ्नो स्वास्थ जाँचसँगै गरेका थिए ।

हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञ एमडीसहित १० बीएएमएस डाक्टर, एक फिजियोथेरापिस्ट र एक डाक्टर जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट पुगेका थिए । कार्यक्रम संयोजक डा. सुष्मा साउदका अनुसार, शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।

उपचारका लागि आउने धेरैजसो बिरामी हाडजोर्नी र नशाको समस्या लिएर आएका उनले बताइन् । शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिएको थियो । वडाध्यक्ष निलबहादुर खड्काले स्वास्थ्य शिविरबाट २ सय २० जनाले सेवा लिएको जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि

काठमाडौं । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज अगस्ट २७ देखि लागू गर्ने जनाएको छ । अमेरिकालेसूचना

Techie IT