Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा

हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिकाको सहयोग तथा धन्वन्तरी आयुर्विज्ञान संस्थान, अन्नपूर्ण टाइम्स र मदन भण्डारी मेमोरियल कलेजको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन शनिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले आफ्नो स्वास्थ जाँचसँगै गरेका थिए ।

हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञ एमडीसहित १० बीएएमएस डाक्टर, एक फिजियोथेरापिस्ट र एक डाक्टर जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट पुगेका थिए । कार्यक्रम संयोजक डा. सुष्मा साउदका अनुसार, शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।

उपचारका लागि आउने धेरैजसो बिरामी हाडजोर्नी र नशाको समस्या लिएर आएका उनले बताइन् । शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिएको थियो । वडाध्यक्ष निलबहादुर खड्काले स्वास्थ्य शिविरबाट २ सय २० जनाले सेवा लिएको जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

Techie IT