Techie IT
Wednesday, October 29, 2025 | मंगलबार, कात्तिक ११, २०८२
२०८२ कात्तिक ११, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता


चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत चितवनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् ।

१५ जना प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी

काठमाडौं । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको छ । जसका लागि एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ ।

अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी,…

काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै

ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन,…

काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम

केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ…

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

१० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका

Techie IT