Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रघरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण


सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै पुस–माघको जाडो पनि त्रिपालमुनिनै कठ्याङ्ग्रिएर बिताए ।

लामो समय भारत बसेर २०७२ सालको विनाशकारी भूकम्पपछि जन्मथलो सम्झेर गाउँ फर्किएका पुण्यबहादुर अब घरविहीन छैनन् । किनकि, उनलाई नेकपा एमालेको बाह्रविसे नगर कमिटीअन्तर्गतको घुम्थाङ गाउँ कमिटीले पक्की घर बनाइदिएको छ । गाउँ कमिटीको पहलमा बनेको उक्त घरलाई शुक्रबार एक समारोहबीच पुण्यबहादुरलाई हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाबाट नवनिर्मित घरको चावी पाउँदै गर्दा पुण्यबहादुरको मुहारमा छाएको खुसी अवर्णनीय थियो । यसरी दुखीपीडित जनताको पक्षमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेता शेर्पाले आगामी दिनमा पनि यस्ता सत्कर्म गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अहिलेको नगरपालिकाको नेतृत्वले जनताको पक्षमा काम नगरेको पनि बताए ।

पुण्यबहादुरलाई घरसँगै सिरक, डसना पनि प्रदान गरिएको नेकपा एमालेका स्थानीय युवा नेता सुप्पा श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एमालेका जिल्ला नेताहरु आङदोर्जे शेर्पा, सागर घिमिरेलगायतको उपस्थिति थियो । उपस्थित सबै नेताले दुखी–पीडित जनताको साथमा सधैं एमाले रहेको बताए । यससँगै बाह्रविसे एमालेले यस्ता थुप्रै जनमुखी काम गर्दै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT