Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रपाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

दश हजार ३ सय ४८ लाभान्वित हुने


चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ गते सम्म राष्ट्रिय अभियानको रुपमा संचालन हुने भएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई खोप कार्यक्रममा सहभागी गराईने छ । साथै विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई खोप दिइनेछ ।

पाठेघरको मुखको क्यान्सरबाट दैनिक नेपालमा चार जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । भविष्यमा हुनसक्ने जोखिम न्यूनिकरणको लागि एचपिभी खोप अभियानकै रुपमा दिन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिए ।

सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ २९ गते सम्म संचालन हुनेछ । कतिपय स्थानीय तहले भने माघ २९ अगाबै खोप संचालन सम्पन्न गर्नेगरी खोप तालिका निर्माण गरेका छन् ।

खोप सेवा संचालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खोप केन्द्रमा परिचालित हुनेछन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले खोप केन्द्र व्यवस्थित रुपमा सञ्चालन गरि लक्षित उमेरका सबैलाई समेटिने गरि खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरीले जानकारी दिए । बलेफी गाउँपालिकाले खोप केन्द्र निर्धारण गरेको छ । गाउँपालिकामा सोमवार भएको अभिमुखिकरण तथा पालिका स्तरीय खोप समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरी माघ २२–२५ खोप तालिका निर्माण गरी आवश्यक तयारी पूरा गरेको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारि दिए ।

जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लामा विद्यालय वाहिर रहेका ८० जना सहित कूल दश हजार ३ सय ४८ जना किशोरीहरुमा खोप लगाईने छ । चौतारा साँगाचोकगढी नगारपालिकामा १५४०, मेलम्ची नगरपालिकामा १७४५, बाह्रविसे नगरपालिकामा ९५७ जनामा खोप सेवा संचालन गरिने छ ।

त्यस्तै ईन्द्रावती ९९९, जुगल ८३३, त्रिपूरासुन्दरी ५३६, पाँचपोखरी ९१५, बलेफी ६५८, भोटेकोशी ४७२, लिसंखुपाखर ३०५, सुनकोशी ५७३ र हेलम्बु ८१६ जनामा खोप दिईने जनस्वास्थ्य कार्यालयले जानकारि दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT