गृहपृष्ठ ∕ समाचारपत्र ∕ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १५:५४ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको छ। सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक हुने यस प्रतियोगिताको आयोजनाका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेलन शेर्पा र सिन्धुपाल्चोक क्रिकेट संघका पदाधिकारीबीच मंगलबार ऐतिहासिक सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुट स्तरबाट क्रिकेट खेलको विकास गर्नु र युवा प्रतिभाहरूलाई अगाडि बढाउनु हो । हेलम्बु गाउँपालिकाले यस प्रतियोगिताको आयोजनाका लागि सिन्धुपाल्चोक क्रिकेट संघलाई दिएको सहयोगलाई ठूलो र महत्त्वपूर्ण बताइएको छ। यसले जिल्लाका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता परीक्षापश्चात् आयोजना गरिनेछ भने यसको निश्चित मिति छिट्टै सार्वजनिक गरिनेछ। यस प्रतियोगिताको माध्यमबाट सिन्धुपाल्चोकका विद्यार्थीहरूले आफ्नो खेल प्रतिभा देखाउने र क्रिकेट खेलमा आफूलाई अगाडि बढाउने ठूलो अवसर प्राप्त गर्नेछन्। सिन्धुपाल्चोक क्रिकेट संघले यस प्रतियोगिताको माध्यमबाट जिल्लामा क्रिकेट खेलको लोकप्रियता बढाउने र युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने लक्ष्य राखेको छ। #क्रिकेट लिग #हेलम्बु गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै… काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम… काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ४ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ५ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ६ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ७ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ८ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?