गृहपृष्ठ ∕ समाचारपत्र ∕ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १५:५४ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको छ। सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक हुने यस प्रतियोगिताको आयोजनाका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेलन शेर्पा र सिन्धुपाल्चोक क्रिकेट संघका पदाधिकारीबीच मंगलबार ऐतिहासिक सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुट स्तरबाट क्रिकेट खेलको विकास गर्नु र युवा प्रतिभाहरूलाई अगाडि बढाउनु हो । हेलम्बु गाउँपालिकाले यस प्रतियोगिताको आयोजनाका लागि सिन्धुपाल्चोक क्रिकेट संघलाई दिएको सहयोगलाई ठूलो र महत्त्वपूर्ण बताइएको छ। यसले जिल्लाका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता परीक्षापश्चात् आयोजना गरिनेछ भने यसको निश्चित मिति छिट्टै सार्वजनिक गरिनेछ। यस प्रतियोगिताको माध्यमबाट सिन्धुपाल्चोकका विद्यार्थीहरूले आफ्नो खेल प्रतिभा देखाउने र क्रिकेट खेलमा आफूलाई अगाडि बढाउने ठूलो अवसर प्राप्त गर्नेछन्। सिन्धुपाल्चोक क्रिकेट संघले यस प्रतियोगिताको माध्यमबाट जिल्लामा क्रिकेट खेलको लोकप्रियता बढाउने र युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने लक्ष्य राखेको छ। #क्रिकेट लिग #हेलम्बु गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको… पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट