Techie IT
Thursday, December 18, 2025 | बिहीबार, पुस ३, २०८२
२०८२ पुस ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन

घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन


काठमाडौं । सहकारीबाट लिएको ऋणको ब्याज तिर्न गोर्खा मिडियाको तर्फबाट रवि लामिछानेले चेक काटेको प्रमाण भेटिएपछि रास्वपा कार्यकर्ताको ओठ–तालु सुक्यो । रविको समान्य आलोचना हुँदा पनि ‘उम्लेको तेलमा पानी परेजस्तो’ हुने उनीहरु बक्के बसेजस्तो भएका थिए । यसैबीच रास्वपा प्रवक्ता मनिष झाले सोमबार लामिछानेको सन्देश भनेर एउटा लामो स्टाटस सार्वजनिक गरे ।

त्यसपछि केही कार्यकर्ताहरु थोरबहुत जुर्मुराए, तर चर्को स्वरमा बोल्न सकेनन् । किनकि, मनिष झाले सार्वजनिक गरेको सन्देशमा रवि लामिछानेले गल्ती स्वीकारेका छन् । झाले लामिछानेलाई उदृत गरेको उक्त सन्देशमा भनिएको छ, ‘उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ । पुरानो कुरा भएकाले बुझ्न दुई–तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ । सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो । काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो । मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ ।’

हो यहाँ, रवि लामिछानेले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । यहाँ ‘यसो यसो भएको हुनुपर्छ’ भनेको के हो भने, ‘चेकमा हस्ताक्षर गरेर राखेको थियो, कसले काटिदियो थापा भएन ।’ र, मिडियामा आएको कुरा पनि यहीं नै हो । तर, मिडियाप्रति लामिछाने झन् आक्रोशित भएका छन् । लामिछानेलाई भेटेपछि झाले भनेका छन्, ‘केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ । हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो । प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो । अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर–छेकेर राखिएको छ । यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन ।’

जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न खोजेको उनीहरुको बुझाइ छ । उनीहरुको प्रश्न छ, ‘जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो ? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला ! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो । हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन ।’

यसरी लामिछानेले घुमाउरो पारामा सहकारीलाई ब्याज तिरेको स्वीकारेपछि कार्यकर्तालाई सभापतिको डिफेन्स गर्नसमेत कठिन भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

Techie IT