Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी

सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार  गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ  गर्दै कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले प्रहरीलाई बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको हो।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी  गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। रिटमा  गृह मन्त्रालय,  प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा पक्राउ परेपछि शुक्रबार प्रसाईंका तर्फबाट उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

Techie IT