Techie IT
Wednesday, December 17, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत पनि गुम्यो

सीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत पनि गुम्यो


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई ६ घण्टा लामो बयान दिँदै उनले आफूले गल्ती नगर्दा पनि पत्नीका कारण सबैथोक गुमाउनु परेको बयान दिएका हुन् ।

आफूले पत्नीसँग गरेको सम्बन्धविच्छेद नक्कली नभएको समेत उनले बताएका छन् । सिआइबीले गुरुङसँग बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ६ घण्टा बयान लिएको थियो । सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ’लाई कारबाही सिफारिस गरेको छ ।

सिफारिसका आधारमा गुरुङमाथि अनुसन्धान नभएको भन्दै आलोचना पनि भइरहेको थियो । धनराज गुरुङ र ज्योति गुरुङ पति–पत्नी भए पनि २९ फागुन २०७६ मा सम्बन्ध विच्छेद भएको थियो । सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको आरोपसम्बन्धी बयानमा कागज पनि गराएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ।

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो

नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । 

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Techie IT