गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी स्वर्णपत्र मंगलबार, २०८१ कात्तिक २७ गते, १२:३० मा प्रकाशित मुख्यपत्र काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै बानेश्वरमा गोली लागेर पाँच जना प्रदर्शनकारीको मृत्यु, स्थिति झन् तनावपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट दुई जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू जेन जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ४ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ५ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ६ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?