Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

कसरी चल्छ संगठित अपराध मुद्दा ? सम्पत्ति शुद्धीकरणले कत्तिको सताउला ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा छन् ।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गरिरहेको छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले मंगलबार कास्की प्रहरीलाई तेस्रो पटक दश दिन म्याद थपेको छ । तिहार बिदाका छ दिन अवधिसमेत थपिँदा लामिछाने थप तीन दिन हिरासतमा रहने छन् ।

यससँगै धेरैलाई चासो छ कि, यदी लामिछाने दोषी ठहरिए उनले कति अवधि जेल सजाय भोग्नुपर्ला ? कानुनअनुसार लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा १० करोडभन्दा माथि ठगीमा १० दश वर्ष कैद सजायको व्यवस्था छ । यस्तो अवस्थामा संगठित ठगी पुष्टि भए थप पाँच वर्ष थप सजाय हुन्छ ।

सहकारी ठगीपछि लामिछानेमाथिको अर्को मुद्दा हो, सम्पत्ति शुद्धीकरण मुद्दा सम्पत्ति शुद्धीकरण मुद्दामा समेत दोषी ठहर भए कम्तीमा २ वर्षदेखि १० वर्षसम्म र विगो बराबरको जरिवानासमेत तोकिएको छ । संगठित अपराधका लागि प्रहरीले कम्तीमा ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT