Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

कसरी चल्छ संगठित अपराध मुद्दा ? सम्पत्ति शुद्धीकरणले कत्तिको सताउला ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा छन् ।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गरिरहेको छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले मंगलबार कास्की प्रहरीलाई तेस्रो पटक दश दिन म्याद थपेको छ । तिहार बिदाका छ दिन अवधिसमेत थपिँदा लामिछाने थप तीन दिन हिरासतमा रहने छन् ।

यससँगै धेरैलाई चासो छ कि, यदी लामिछाने दोषी ठहरिए उनले कति अवधि जेल सजाय भोग्नुपर्ला ? कानुनअनुसार लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा १० करोडभन्दा माथि ठगीमा १० दश वर्ष कैद सजायको व्यवस्था छ । यस्तो अवस्थामा संगठित ठगी पुष्टि भए थप पाँच वर्ष थप सजाय हुन्छ ।

सहकारी ठगीपछि लामिछानेमाथिको अर्को मुद्दा हो, सम्पत्ति शुद्धीकरण मुद्दा सम्पत्ति शुद्धीकरण मुद्दामा समेत दोषी ठहर भए कम्तीमा २ वर्षदेखि १० वर्षसम्म र विगो बराबरको जरिवानासमेत तोकिएको छ । संगठित अपराधका लागि प्रहरीले कम्तीमा ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT