गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पूर्वमाओवादीसँग एकता गर्ने रणनीतिमा प्रचण्ड, विप्लवसँगको वार्ता सहमतिनजिक पूर्वमाओवादीसँग एकता गर्ने रणनीतिमा प्रचण्ड, विप्लवसँगको वार्ता सहमतिनजिक स्वर्णपत्र सोमबार, २०८१ कात्तिक ५ गते, १२:५० मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरुसँगको एकतालाई निकै महत्व दिएर गतिविधिहरु अघि बढाएका छन् । २०८४ को आमचुनावलाई लक्षित गरी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीहरुसित पार्टी एकताको पहल थालेका हुन् । यसअघि माओवादीका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई एकताविरोधीको आरोप लाग्दै आएको थियो । तर यसपटक शर्माले विप्लवसँग एकताको प्रयास गरेका छन् । जसले एकताको सम्भावनालाई बलियो बनाएको हो । शर्माको पहलमा पुनको पनि विरोध नभएको बताइएको छ । शर्माले केही दिनअगाडि कपिलवस्तुस्थित विप्लवको निवासमै पुगेर माओवादी घटकबीच एकताको प्रस्ताव गरेका थिए । यसअघि पनि विप्लव माओवादीसँग पार्टी एकता गर्न चाहन्थे । शर्माले भेट्नुअघि विप्लवले प्रचण्डसँग पटक–पटक एकताबारे छलफल गरेका थिए । पछिल्लो समय माओवादीले आफ्नो धाराका दलबीच एकताबारे केन्द्रीय कमिटीबाट महत्त्वपूर्ण निर्णय लिने बताउँदै आएको छ । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर… काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई… काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ३ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ४ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ५ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ? ६ कांग्रेसले भन्यो- रास्वपा सांसदलाई सदनबाटै निकाल्नुपर्छ, अनि निर्बाध ढंगमा सदन चलाउनुपर्छ ७ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ८ मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति