Techie IT
Saturday, June 6, 2026 | शुक्रबार, जेठ २२, २०८३
२०८३ जेठ २२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रनयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा

नयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा


काठमाडौं । आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए ।

‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होइन । ‘नयाँ आवाजको खोजी’ भन्ने नारासहित जुनियर सिङ्गिङ स्टार कार्यक्रम गर्दैछौं,’– उनले भने ।

उनले उक्त रियालिटी सो कार्यक्रममा देशैभरका प्रतिभाहरुलाई सहभागी गराइने बताए । देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने उनको भनाइ छ ।

‘गायन क्षेत्रमा लाग्न चाहने १६ वर्षमुनिका बालबालिका, उहाँहरु जो संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि राम्रो प्लेटफर्म हामी दिनसक्छौं,’– उनले भने ।

निर्देशक कार्कीका अनुसार देशका विभिन्न ठाउँबाट १०० जनाभन्दा बढी बालबालिकालाई कार्यक्रममा सहभागी गराइने छ । टप २५ सम्मका प्रतिस्पर्धी छनोटमा सबै भूमिका जजको नै रहने छ ।

निर्देशक कार्कीले टप २५ बाट टप १० सम्म आउँदा ५० प्रतिशत जजको भूमिका र ५० प्रतिशत भोटको भूमिका रहने बताए । त्यसैगरी, जुनियर सिङ्गिङ स्टारमा पहिलो हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई साढे दुई लाख र तेस्रो हुनेलाई एक लाख उपहार प्रदान गरिने बताइएको छ ।

गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतम जुनियर सिङ्गिङ स्टारको जज रहेका छन् । उक्त रियालिटी सो ग्लोबल टीभी एचडीबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुनेछ । जुनियर सिङ्गिङ स्टारको भोटिङ पाट्नर इसेवा रहेको छ भने होस्टहरुमा घनश्याम तिमल्सिना एन्टिना, बिष्णुमाया पौडेल र दिभ्या बयलकोटी रहने छन।

उक्त पत्रकार सम्मेलनको कार्यक्रम संचालन फिल्म निर्देशक तथा कलाकार घनश्याम तिमिल्सिना एन्टिनाले गरेका थिए। कार्यक्रममा गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतमले कार्यक्रम फलदायी हुनेमा आफूहरु विश्वास्त रहेको जनाए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT