Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रदसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । बीपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण दसैंअघि यो खण्ड सञ्चालनमा ल्याउन गाह्रो हुने भएकाले मन्त्रालयल यस्तो अनुरोध गरेको हो ।

१ सय ६० किलोमिटर लामो बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक खण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । धुलिखेलदेखि खुर्कोट खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । सो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण क्षति गरेको छ । काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीको बाढीले बगाएको छ ।

रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै थली बेंसीमा पनि खोलाले २ सय मिटर र नार्के पुलनजिक २ सय मिटरको हाराहारीमा सडक बगाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT