गृहपृष्ठ ∕ समाचारपत्र ∕ रवि लामिछाने पक्राउको माग गर्दै पोखरामा प्रदर्शन, रास्वपा कार्यकर्ताको बेग्लै नाराबाजी रवि लामिछाने पक्राउको माग गर्दै पोखरामा प्रदर्शन, रास्वपा कार्यकर्ताको बेग्लै नाराबाजी स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १२:२७ मा प्रकाशित समाचारपत्र काठमाडौं । रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको माग गर्दै पोखरामा प्रदर्शन भएको छ । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । त्यस्तै रास्वपाका नेता कार्यकर्ताले पनि बेग्लै नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् । सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ मौसमीसँगको अधुरो प्रेम ४ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ५ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ६ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ७ नाटक: न्याय ८ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन