Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारीको रकम पचाउन नक्कली डिभोर्स गर्नेमा सुधीर बस्नेतदेखि धनराज गुरुङसम्म

सहकारीको रकम पचाउन नक्कली डिभोर्स गर्नेमा सुधीर बस्नेतदेखि धनराज गुरुङसम्म


काठमाडौं । सहकारी रकम अपचलन गरी कुम्ल्यालाएको अर्बौं रुपैयाँ पचाउन सञ्चालकहरुले नक्कली डिभोर्स गरेका थुप्रै प्रमाण फेला परेका छन् । सरकारीको १४ करोड रुपैयाँ पचाउन कांग्रेस उपसभापति धनराज गुरुङले नक्कली डिभोर्स गरेको चर्चाबीच यस्ता अरु घटना पनि सतहमा आएका हुन् ।

यसरी रकम कुम्ल्याउन नक्कली डिभार्स गर्नेको पहिलो नम्बरमा आउँछन्, ओरियन्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत । उनले सहकारीको रमक अपचनकै मामलामा श्रीमती नितु वस्नेतसँग कागजी डिभोर्स गरेका थिए । उनले २०६९ भदौअघिसम्म महँगो ब्याज दिने प्रलोभनमा चार हजार २५९ बचतकर्ताबाट तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ उठाएका थिए ।

बचतकर्ताको अपचलन गरेको रकम व्यवस्थापन गर्न श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन्, सिभिल सहकारीका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ । करिब दुई हजार बचतकर्ताबाट पाँच अर्ब ५९ करोड रुपैयाँ उठाएका उनले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभार्स गरेका थिए ।

त्यस्तै ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार ठगी गरेर श्रीमतीसँग डिभोर्स गरेका अर्का सञ्चालक हुन्, सुमेरू सहकारीका अध्यक्ष भरत महर्जन । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्माले पनि श्रीमती गीता शर्मासँग कागजी सम्बन्धविच्छेद गरेका छन् ।

केदारनाथले ३२ हजार ६१२ बचतकर्ताबाट नौ अर्ब ४९ करोड २२ हजार ८९६ रुपैयाँ उठाएका थिए । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताबाट उठाएको रकम हिनामिना गर्ने उद्देश्यले श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेको पाइएको छ ।

त्यस्तै काभ्रेका स्थापित कांग्रेस नेता सिबी अर्थात् चन्द्रबहादुर लामाले पनि सहकारी ठगीबाट जोडेको सम्पत्ति जोगाउन श्रीमती जुनी श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । यससँगै अरु थुप्रै व्यापारीले सरकारीको रकम अपचलनलाई वैधानिक देखाउन नक्कली डिभोर्स गरेको पाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT