Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारीको रकम पचाउन नक्कली डिभोर्स गर्नेमा सुधीर बस्नेतदेखि धनराज गुरुङसम्म

सहकारीको रकम पचाउन नक्कली डिभोर्स गर्नेमा सुधीर बस्नेतदेखि धनराज गुरुङसम्म


काठमाडौं । सहकारी रकम अपचलन गरी कुम्ल्यालाएको अर्बौं रुपैयाँ पचाउन सञ्चालकहरुले नक्कली डिभोर्स गरेका थुप्रै प्रमाण फेला परेका छन् । सरकारीको १४ करोड रुपैयाँ पचाउन कांग्रेस उपसभापति धनराज गुरुङले नक्कली डिभोर्स गरेको चर्चाबीच यस्ता अरु घटना पनि सतहमा आएका हुन् ।

यसरी रकम कुम्ल्याउन नक्कली डिभार्स गर्नेको पहिलो नम्बरमा आउँछन्, ओरियन्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत । उनले सहकारीको रमक अपचनकै मामलामा श्रीमती नितु वस्नेतसँग कागजी डिभोर्स गरेका थिए । उनले २०६९ भदौअघिसम्म महँगो ब्याज दिने प्रलोभनमा चार हजार २५९ बचतकर्ताबाट तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ उठाएका थिए ।

बचतकर्ताको अपचलन गरेको रकम व्यवस्थापन गर्न श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन्, सिभिल सहकारीका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ । करिब दुई हजार बचतकर्ताबाट पाँच अर्ब ५९ करोड रुपैयाँ उठाएका उनले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभार्स गरेका थिए ।

त्यस्तै ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार ठगी गरेर श्रीमतीसँग डिभोर्स गरेका अर्का सञ्चालक हुन्, सुमेरू सहकारीका अध्यक्ष भरत महर्जन । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्माले पनि श्रीमती गीता शर्मासँग कागजी सम्बन्धविच्छेद गरेका छन् ।

केदारनाथले ३२ हजार ६१२ बचतकर्ताबाट नौ अर्ब ४९ करोड २२ हजार ८९६ रुपैयाँ उठाएका थिए । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताबाट उठाएको रकम हिनामिना गर्ने उद्देश्यले श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेको पाइएको छ ।

त्यस्तै काभ्रेका स्थापित कांग्रेस नेता सिबी अर्थात् चन्द्रबहादुर लामाले पनि सहकारी ठगीबाट जोडेको सम्पत्ति जोगाउन श्रीमती जुनी श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । यससँगै अरु थुप्रै व्यापारीले सरकारीको रकम अपचलनलाई वैधानिक देखाउन नक्कली डिभोर्स गरेको पाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT