Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहर्ककै बाटोमा बालेन, बढ्न थाल्यो विरोध

हर्ककै बाटोमा बालेन, बढ्न थाल्यो विरोध


काठमाडौं । खासगरी युवामाझ अतिलोकप्रिय काठमाडौंका मेयर बालेन शाह क्रमशः आलोचित हुन थालेका छन् । खासगरी अतिसस्तो र धारावाहिक स्टाटसका कारण उनको आलोचना हुन थालेको हो । प्रायः शुक्रबार साँझ स्टाटस लेख्ने गरेका बालेनले पछिल्लो समय जुनकुनै दिन, जुनकुनै समय पेचिलो स्टाटस लेख्न थालेका छन् ।

खासगरी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति ज्यादा आक्रामक ढंगमा प्रस्तुत हुँदै आएका बालेनले शनिबार बाल दिवसको अवसरमा लेखेको स्टाटस विवादित भएको हो । उनले फेसबुक वालमा लेखेका छन्, ‘पीडित बालिकाहरु प्रम खड्ग प्रसाद ओलीको कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो सुभकामना स्वय प्रम ज्यूलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला !’

बालेनको यो स्टाटसपछि उनका भक्तहरुले ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ’ भनेर सामाजिक सञ्जालमा ‘खड्क ओली होसियार’ ह्यासट्याग अभियाननै चलाएका छन् । तर, समाजमा तार्किक र वौद्धिक व्यक्तित्वले भने बालेनको उक्त स्टाटसलाई ‘सस्तो र लोकप्रियतावादी’ भनेर टिप्पणी गरिरहेका छन् । कतियले उनलाई स्टाटस लेख्ने मामलामा धरानका मेयर हर्क साम्पाङकै बाटोमा हिँडेको भनेर पनि आलोचना गरिरेहका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प

देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि

Techie IT