Techie IT
Thursday, October 16, 2025 | बिहीबार, असोज ३०, २०८२
२०८२ असोज ३०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि ब्युँतने भयो रवि लामिछानेको दोहोरो पासपोर्ट विवाद

फेरि ब्युँतने भयो रवि लामिछानेको दोहोरो पासपोर्ट विवाद


काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको राहदानी प्रकरणको मुद्धा फेरि ब्युँतने भएको छ । भर्खरै सहकारी प्रकरणमा बयान दिइसकेका लामिछानेको राहदानीसम्बन्धी मुद्दा पनि ब्युँताउन लागिएको हो ।

२०७९ साल चैतमा तत्कालीन सरकारले रोकेको मुद्धालाई अहिलेको सरकारले ब्युँताउनका लागि महान्यायाधिवक्तासँग छलफलसमेत गरिसकेको बुझिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २०७९ चैतमा दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएपछि रोकिएको थियो ।

प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो । उच्चले पनि सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । उतिबेला महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरे पनि यो निर्णयमाथि नै न्यायिक परीक्षणको बाटो भने खुला भएकाले यसबारे छलफल थालिएको बुझिएको छ ।

रविले अमेरिकी र नेपाली पासपोर्ट एक साथ प्रयोगमा ल्याएको भन्दै उजुरी परेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड ९टिओबी०को मुख्य भूमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको

देशलाई प्रतिक्रान्तितिर मोडेको ओलीको निष्कर्ष, फेरि एमालेकै सरकार बन्ने दाबी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बादीतिर मोडिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध

काठमाडौं । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति काठमाडौं महानगरका मेयर बालेन साह असन्तुष्ट भएको बुझिएको छ । अर्यालको कामप्रति असन्तुष्ट

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

Techie IT