Techie IT
Sunday, December 14, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छूट सुविधा

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छूट सुविधा


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको ‘त्रिशूली बिच रिसोर्ट’सँग छूटसम्बन्धी सम्झौता गरेको छ । बैंकले रिसोर्टका विभिन्न सेवासुविधामा छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो ।

सम्झौतापश्चात् बैंकका ग्राहकले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य हुने डेबिट कार्ड तथा प्रिभिलेज कार्ड पेश गर्नुपर्ने अथवा बैंकको मोबाइल, इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्नेछ ।

साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ नारासहित साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको  छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छूटको व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

Techie IT