Techie IT
Thursday, December 11, 2025 | बिहीबार, मंसीर २५, २०८२
२०८२ मंसीर २५, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनले हटाए कि फेसबुकले हटाइदियो एमाले सांसदलाई गाली गरेको स्टाटस ?

बालेनले हटाए कि फेसबुकले हटाइदियो एमाले सांसदलाई गाली गरेको स्टाटस ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक पेजबाट नेकपा एमालेबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटेको छ । एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै बालेनले आइतबार राखेको स्ट्याटस फेसबुकबाट हटेको हो ।

यससँगै बहस सुरु भएको छ कि, बालेनले उक्त स्टाटस हटाए कि फेसबुकलेनै हटाइदियो भनेर । बालेनले उक्त स्टाटस लेखेपछि एमाले कार्यकर्ता निकै रुष्ट बनेका थिए । र, उनीहरुले सामुहिकरुपमै स्टाटसको प्रतिवाद गरेका थिए ।

उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका थिए । एमाले पङ्तिको प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् । सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ । उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

यसरी बालेनले लेखेका स्टाटसमध्ये पहिलो चाहिँ फेसबुकबाट हटेको हो । बुझिएअनुसार बालेनले उक्त स्टाटस आफैंले डिलेट गरेका होइनन्, फेसबुकले हटाइदिएको हो । एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाएको हो । डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए ।

डिलिट भएको स्टाटसमा रेखा शर्माको फोटोसहित लेखिएको थियो– उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?’

मेयर बालेनले यसअघि पनि ‘सिंहदरबार जलाउँछु’ भन्दै लेखेको स्टाटस फेसबुकबाट हटेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २०

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

Techie IT