Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रस्पष्टीकरण दिँदै मुकुल ढकालले मागे रास्वपा सभापति लामिछानेको राजीनामा

स्पष्टीकरण दिँदै मुकुल ढकालले मागे रास्वपा सभापति लामिछानेको राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई सोधेका प्रश्नको स्पष्टीकरण दिँदै पार्टी सभापति सभापति रवि लामिछानेको राजीनामा मागेका छन् ।

पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा माग गरेका हुन्।

उनले स्पष्टीकरणको जवाफ दिँदै भनेका छन्, ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

उनले सभापति लामिछानेलाई सहकारी प्रकरणदेखि दुई वटा पासपोर्ट प्रकरणको पनि कुरा उठाएका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT