Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन


काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएको छ । लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न निर्देशन दिएको हो । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाड्न निर्देशन दिएको हो ।

बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने बताएको थियो । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हानियाको हत्या भएको थियो ।

लेबनानमा रहेको हेजबुल्लाहले हत्याको प्रतिकारमा ठूलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्नसक्ने आशङ्का गरिएको थियो । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो ।

मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडालगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २०

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

Techie IT