Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसंसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना प्रबल

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना प्रबल


काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने निश्चित भएको छ । अहिले अदालतमा भौतिक क्षति भएका कारण रिट दर्ता नै रोकिएका कारण संसद विघटनविरुद्ध पनि रिट परेको छैन । जब अदालतमा रिट दर्ता हुन थाल्छ, तब संसद विघटनविरुद्ध पनि रिट पर्ने निश्चित छ । र, उक्त रिटउपर फैसला हुँदा पुरानो संसदनै ब्युँतने संभावना पनि प्रबल छ ।

किनकि, यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलले जसरी संसद विघटन प्रस्ताव गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरेकी थिइन्, अहिले प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसकै आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका हुन् । यसअर्थमा स्पष्ट नजीर छ कि, प्रधानमन्त्रीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्चले बदर गरिदिन्छ ।

कतिपयले भन्ने गरेका छन्, अहिलेको संसद विघटन आवश्यकताको सिद्दान्तको आधारमा बनेको हो । अर्थात् आन्दोलनको बलमा संसद विघटन भएकाले सर्वोच्चले उल्ट्याउन सक्दैन । तर, यो सत्य होइन । किनकि अदालतले कुनै पनि फैसला गर्दा भीडलाई हेरेर गर्दैन, गर्नु पनि हुँदैन ।

अझ यहाँ बुझनुपर्ने महत्वपूर्ण कुरा के छ भने– यदि संकटकाल लगाएर संसद विघटन गरेको भए सर्वोच्चबाट पनि सदर हुने संभावना बलियो हुने थियो । तर, यहाँ त्यसो गरिएन । राष्ट्रपतिकै भाषामा भन्ने हो भने ‘बढो जुक्ति लगाएर’ संकटकाल नलगाइ संसद विघटन गरियो । अर्थात् संसद पुनःस्थापना हुने प्रशस्त ठाउँ राखेरै संसद विघटन गरिएको छ ।

यससँगै प्रश्न उठ्न थालेको छ कि, त्यति ठूलो जेन जी आन्दोलनको औचित्य के थियो रु के केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर सुशीला कार्कीलाई कामचलाउ प्रधानमन्त्री बनाउनुनै आन्दोलनको उपलब्धी हो त ? र, सुशीला कार्कीले फागुन २१ गतेभित्र चुनाव गराउन सकिनन् भने चाहिँ के हुन्छ रु यसबारे मान्छेहरुले गहिरिएर सोचेका छैनन् ।

यदि, त्यतिबेला यो सरकारले चुनाव गराउन नसकेको खण्डमा पनि पुरानै संसद ब्युँतने सम्भावना हुन्छ । वा, देशनै असफलताको बाटोमा जानसक्छ । अर्थात देश फेरि प्रतिगमनतिर मोडिन सक्छ ।

त्यसैले अहिले ठूलो जित भयो भनेर हौसिने अवस्था छैन । यदि, अहिलेको सरकार सुझबुझपूर्ण ढंगमा अघि बढ्न सकेन भने देश झन् ठूलो भड्खालोमा जाकिन सक्छ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT