Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्ररवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख नाघ्यो

रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख नाघ्यो

घरमै गरिएको र अनलाइनबाट आएका हस्ताक्षरको गणना गर्नै बाँकी


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले बुथमै पुगेर हस्ताक्षर गरेका छन् ।

त्यस्तै घरमै पुगेर गरेको र अनलाइनबाट आएका हस्ताक्षरको गणना गर्नै बाँकी छ । सबै हस्ताक्षर जोड्दा ५० लाखभन्दा बढी हुने आकलन गरिएको छ ।

रास्वपाले ७ असारमा पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलाबाट हस्ताक्षर अभियान सुरु गरेको थियो । अभियान सुरु भएको १ महिना थप एक हप्ता पुग्दै गर्दा पार्टीले देशका विभिन्न स्थानमा स्थापना गरेका हस्ताक्षर संकलन बुथमै गएर रविको पक्षमा ऐक्यबद्धता जनाउनेहरू मात्रै ३० लाखभन्दा बढी भएका हुन् ।

यसबाहेक पार्टीले घरघरमै गएर पनि हस्ताक्षर संकलन गरिरहेको छ । घरबाटै ऐक्यबद्धता जनाउनेहरूको संख्या भने गणना गर्न बाँकी छ । पार्टीका नेता कार्यकर्ताहरू पार्टी सभापति लामिछानेले पार्टी स्थापना दिवसका अवसरमा जारी गरेको अपिल साथमा लिएर हस्ताक्षर संकलन अभियानमा खटिएका छन् ।

अभियानका संयोजक दीपक बोहराका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।

उनका अनुसार ७७ वटै जिल्लाको वडा र टोलटोलमा अभियानमा चलिरहेको छ । रास्वपाले हस्ताक्षर अभियान सुरुवातमा तीन महिनासम्म सञ्चालन गर्ने योजना बनाएको थियो । तर, आमनागरिकको उत्साहजनक सहभागिता देखिएपछि अभियानलाई दसैँ–तिहारसम्म लम्ब्याउने तयारी गरिएको छ ।

रविको पक्षमा किरिया बसेका मान्छेदेखि ज्याला मजदुरी गर्नेसम्मले हस्ताक्षर गरेका छन् । लामिछानेलाई राज्यले राजनीतिक प्रतिशोधका आधारमा थुनेको नागरिकको बुझाइ छ । तर उनी सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT