Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रइसाइको स्कुल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका बेग्लै जग्गा

इसाइको स्कुल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका बेग्लै जग्गा


काठमाडौं । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलभित्र चिहानका लागि बेग्लै जग्गा लिएको खुलेको छ । इसाइको स्कु्ल भनेर चिनिएको सेन्ट मेरिजभित्र चिहानका लागि बेग्लै जग्गा लिएको खुलेपछि कतिपय विद्यार्थीसँगै अभिभावक आतंकीत भएका छन् ।

एक सय ७२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालयका निम्ति झण्डै तीन सय रोपनी छुट्याइएको छ जग्गा छ । जसको मध्यभागमा दुई रोपनी जग्गा चिहानका निम्ति छुट्याइएको पाइएको हो ।

उक्त जग्गालाई वैधानिक बनाउन अहिले निकै कसरत भइरहेको छ । सामाजिक संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएको सेन्ट मेरिज स्कूल क्रिश्चियन मिसनरी कार्यक्रमअन्तर्गत सञ्चालित छ ।

सर्वप्रथम जावलाखेलमा खुलेको सेन्ट मेरिजले अन्य जिल्लामा पनि सेवा विस्तार गरेको छ । कास्कीको पोखरा, मोरङको विराटनगर र गोरखा नगरपालिका–११, नागपानीमा पठनपाठन गराउन थालेको दशकौं भइसकेको छ । विद्यालय प्रशासनले अहिले उक्त जग्गालाई वैधानिक बनाउन अनेक चलखेल गरिरहेको छ ।

यतिसम्म कि, चिहानको वैधानिकताकै निम्ति तीन वर्षदेखि कानुनी लडाइँ नै चलिरहेको छ । उनीहरु अहिले दिनैपिच्छेजसो ललितपुर महानगरपालिका, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुर र मालपोत कार्यालय धाइरहेका छन् । तर, चिहानका लागि स्वीकृति दिन कुनै पनि निकाय तयार नभएको बुझिएको छ ।

बुझिएअनुसार अख्तियार लाग्ने डरले सबै निकायका हाकिम वैधानिकता दिन हच्किएका छन् । नेपालमा हिन्दू धर्मावलम्बी धेरै भएकाले शव जलाउने चलन छ । ठाउँ–ठाउँमा आर्यघाट निर्माण गरिए पनि चिहान प्रायः सबैतिर देखिँदैन ।

नेपालको संविधान, २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ । क्रिश्चियन धर्म मान्नेहरूको संख्या बढ्दो छ । तर, क्रिश्चियन धर्मावलम्बीका लागि शव गाड्ने समाधिस्थलको अभाव छ ।

त्यसैले विद्यालयमै चिहान बनाउन खोजेको बुझिएको छ । नेपालमा पहिलो कूटनीतिक नियोगका रूपमा ब्रिटिश लिगेशन स्थापना भएपछि चिहान बनाइएको थियो ।

काठमाडौंस्थित भारतीय र ब्रिटिश दूतावासपछाडि रानीवन आसपास बेलायतीहरूको शव गाड्ने गरिन्थ्यो । ठाउँको अभाव भएपछि एकताका हिन्दू धर्मावलम्बीको तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पनि चिहान निर्माण गर्नुपर्ने आवाज उठेको थियो ।

त्यहाँ चिहान निर्माणको काम नै सुरु गरिएको थियो । स्वीकृतिबेगर सिमेण्ट, कंक्रिट, फलामे डण्डी प्रयोग गरेर चिहान बनाउन थालेपछि पशुपति क्षेत्र विकास कोषले रोकेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

Techie IT