Techie IT
Friday, December 19, 2025 | बिहीबार, पुस ३, २०८२
२०८२ पुस ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रलिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर)

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर)


काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं संस्करणमा प्रवेश गरेको छ। बालबालिकाको क्षमता विकास, रचनात्मकता निखार र शैक्षिक अभिरुचि प्रोत्साहन गर्न लक्षित यो प्रतियोगिताको पुषको पहिलो सातामाभने बालबालिकाको सिर्जनशिलतालाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ ।

यस प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका र अन्य क्षेत्रका विभिन्न विद्यालयका ५० जना बालबालिकाले सहभागिता जनाएका छन्। दशैं-तिहारको बिदालाई सदुपयोग गर्दै आयोजित यस कार्यक्रमले बालबालिकालाई प्रयोगात्मक सिकाइ, मनोरञ्जन र रचनात्मकताका माध्यमबाट उनीहरूको क्षमतालाई उजागर गर्ने अवसर प्रदान गरिरहेको छ।

प्रतियोगिताको प्रारम्भिक चरणमा बालबालिकाले गीत, नृत्य, नाटक र चित्रकलाजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। २२ जना जुनियर र १२ जना सिनियर प्रतियोगीहरूले क्रमशः आ-आफ्नो प्रस्तुति गर्दै अगाडि बढिरहेका छन्। प्रत्येक चरणमा नयाँ चुनौतीहरूको सामना गर्दै उनीहरूले आफ्नो सिप र क्षमतामा सुधार ल्याउने अवसर पाउँदैछन्।

कार्यक्रमको निर्णायक प्यानलमा प्रतिष्ठित व्यक्तित्वहरू मनिष शाक्य, एन्जिला भट्टराई, अनिशा ओली, वेनिश मगर र गायनतर्फ विशालदेव भण्डारी रहेका छन्। निर्णायकहरूले बालबालिकाको प्रस्तुति मूल्यांकन गर्दै उनीहरूलाई सुधार र प्रोत्साहनका उपायहरू सुझाइरहेका छन्।

प्रतियोगिताका क्रममा सामुदायिक प्रहरीको सहकार्यमा बालबालिकाका लागि सवारी साधन प्रयोग, ट्राफिक नियम र जेब्राक्रसको उचित प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरियो। यसले बालबालिकालाई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वबारे गहन ज्ञान प्रदान गरेको छ।
यस्तै, बालबालिकालाई नेपालको सांस्कृतिक सम्पदाबारे बुझाउन विभिन्न ऐतिहासिक क्षेत्रको भ्रमणसमेत गराइएको छ। यसले उनीहरूलाई नेपालको इतिहास, सम्पदा र सांस्कृतिक महत्त्वबारे थप जानकारी प्राप्त गर्न प्रेरित गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल चरण पुष १३ गते सम्पन्न हुनेछ। आयोजकका अनुसार यो प्रतियोगिताले बालबालिकाको रचनात्मकता निखार्न र शैक्षिक क्षेत्रमा उनीहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

बालबालिकाको प्रतिभा र क्षमतालाई पहिचान गरी भविष्यका सम्भावनालाई उजागर गर्न यो कार्यक्रम एक प्रेरणादायी मंचका रूपमा स्थापित हुँदै आएको छ। आयोजकले यसलाई राष्ट्रियस्तरमै अद्वितीय प्रयासको रूपमा लिएको छ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

Techie IT