Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रनयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा

नयाँ आवाजको खोजीमा आर्या इन्टरटेनमेन्ट, ‘जुनियर सिङ्गिङ स्टार रियालिटी सो’को घोषणा


काठमाडौं । आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराइएको हो । आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए ।

‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो । यो कुनै फ्रेन्चाइज कार्यक्रम होइन । ‘नयाँ आवाजको खोजी’ भन्ने नारासहित जुनियर सिङ्गिङ स्टार कार्यक्रम गर्दैछौं,’– उनले भने ।

उनले उक्त रियालिटी सो कार्यक्रममा देशैभरका प्रतिभाहरुलाई सहभागी गराइने बताए । देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने उनको भनाइ छ ।

‘गायन क्षेत्रमा लाग्न चाहने १६ वर्षमुनिका बालबालिका, उहाँहरु जो संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि राम्रो प्लेटफर्म हामी दिनसक्छौं,’– उनले भने ।

निर्देशक कार्कीका अनुसार देशका विभिन्न ठाउँबाट १०० जनाभन्दा बढी बालबालिकालाई कार्यक्रममा सहभागी गराइने छ । टप २५ सम्मका प्रतिस्पर्धी छनोटमा सबै भूमिका जजको नै रहने छ ।

निर्देशक कार्कीले टप २५ बाट टप १० सम्म आउँदा ५० प्रतिशत जजको भूमिका र ५० प्रतिशत भोटको भूमिका रहने बताए । त्यसैगरी, जुनियर सिङ्गिङ स्टारमा पहिलो हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई साढे दुई लाख र तेस्रो हुनेलाई एक लाख उपहार प्रदान गरिने बताइएको छ ।

गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतम जुनियर सिङ्गिङ स्टारको जज रहेका छन् । उक्त रियालिटी सो ग्लोबल टीभी एचडीबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुनेछ । जुनियर सिङ्गिङ स्टारको भोटिङ पाट्नर इसेवा रहेको छ भने होस्टहरुमा घनश्याम तिमल्सिना एन्टिना, बिष्णुमाया पौडेल र दिभ्या बयलकोटी रहने छन।

उक्त पत्रकार सम्मेलनको कार्यक्रम संचालन फिल्म निर्देशक तथा कलाकार घनश्याम तिमिल्सिना एन्टिनाले गरेका थिए। कार्यक्रममा गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतमले कार्यक्रम फलदायी हुनेमा आफूहरु विश्वास्त रहेको जनाए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

काठमाडाैं । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

Techie IT