Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रकाठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न


काठमाडौं । काठमाडौं फोटोग्राफर संघ संघको १६ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित साधारणसभमा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्दै सम्मान प्रदान गरिएको छ ।

प्रतियोगितामा नन्दु श्रेष्ठले प्रथम, उत्सव पुडासैनीले दोस्रो तथा अमिर महर्जनले तेस्रो स्थान हासिल गरेका थिए । समारोहमा संघका नवगठित विभिन्न एरिया समितिहरुलाई पनि सम्मानपत्र तथा सहयोगी संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अक्षरा स्कुलका प्रमुख राजेश शर्माले शुभकामना सन्देश राख्दै काठमाडौं फोटोग्राफर संघसंग हातेमालो गर्न पाउँदा आफू निकै खुशी रहेको र आगामी दिनमा समेत संघका निम्ति साथ,सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

यसैगरी प्रमुख अतिथि निर्मलमणि अधिकारीले १६ औं बार्षिक साधारण सभामा आफू उपस्थित हुन पाउँदा खुशी रहेको बताए ।

कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष हरिप्रसाद घिमिरेले वार्षिक साधारण सभाका उपस्थित सम्पूर्ण अतिथि, संघमा आवद्ध सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

Techie IT