Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रकाठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न


काठमाडौं । काठमाडौं फोटोग्राफर संघ संघको १६ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा आयोजित साधारणसभमा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्दै सम्मान प्रदान गरिएको छ ।

प्रतियोगितामा नन्दु श्रेष्ठले प्रथम, उत्सव पुडासैनीले दोस्रो तथा अमिर महर्जनले तेस्रो स्थान हासिल गरेका थिए । समारोहमा संघका नवगठित विभिन्न एरिया समितिहरुलाई पनि सम्मानपत्र तथा सहयोगी संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अक्षरा स्कुलका प्रमुख राजेश शर्माले शुभकामना सन्देश राख्दै काठमाडौं फोटोग्राफर संघसंग हातेमालो गर्न पाउँदा आफू निकै खुशी रहेको र आगामी दिनमा समेत संघका निम्ति साथ,सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

यसैगरी प्रमुख अतिथि निर्मलमणि अधिकारीले १६ औं बार्षिक साधारण सभामा आफू उपस्थित हुन पाउँदा खुशी रहेको बताए ।

कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष हरिप्रसाद घिमिरेले वार्षिक साधारण सभाका उपस्थित सम्पूर्ण अतिथि, संघमा आवद्ध सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT