गृहपृष्ठ ∕ समाचारपत्र ∕ सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो स्वर्णपत्र मंगलबार, २०८२ मंसीर ९ गते, १४:४८ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका प्रहरी टोलीले त्यहाबाट हटाएको हो । प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ । यसअघि सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन पुगेका जेनजी समूहलाई समय नदिई प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारबाट बाहिरिएकी थिइन् । प्रधानमन्त्रीको समय मिलाउन खोज्दा प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ गरेर बसेको र म्यासेजको समेत रिप्लाई नदिएको जेनजीहरुको गुनासो छ । आफूहरूलाई नभेटि प्रधानमन्त्री हिँडेपछि अभियन्ताहरू थप आक्रोशित बनेका थिए । प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका हुन् । #मिराज ढुंगाना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय… काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् । बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि… सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ३ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ४ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन ५ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू ६ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ७ नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट ८ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र