Techie IT
Saturday, October 18, 2025 | शनिबार, कात्तिक १, २०८२
२०८२ कात्तिक १, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च


सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३ लाख ५२ हजार रुपैयाँ रहेको उल्लेख छ, जुन लेखापरीक्षण रकमको १.१५ प्रतिशत मात्र हो।

यसै प्रतिवेदनअनुसार सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको छ। लिसंखु पाखरको बेरुजु १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत बराबर हो।

महालेखा परीक्षकको प्रतिवेदनले बेरुजुको अवस्था सुधार गर्न वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिनु पर्ने सिफारिस गरेको छ। इन्द्रावती गाउँपालिकाले समयमै लेखापरीक्षण, खर्च विवरण सार्वजनिक गर्ने, तथा अनुगमन र समिक्षालाई प्रभावकारी बनाएको जनाइएको छ।

सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीय तहहरूमा पनि बेरुजु देखिएको भएपनि इन्द्रावतीले उदाहरणीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

Techie IT