गृहपृष्ठ ∕ समाचारपत्र ∕ सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई प्रहरीको मृत्यु सिन्धुलीमा मोटरसाइकल दुर्घटना, दुई प्रहरीको मृत्यु स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, ०८:१४ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको हो । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो । सोल्पाडाँडाबाट गस्ती गरेर पुनः प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो । #दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकाले झन् कडा बनायो भिसा नीति काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा… काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे… भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी लोकप्रिय १ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से