Techie IT
Tuesday, July 15, 2025 | सोमबार, असार ३०, २०८२
२०८२ असार ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक गरे कांग्रेससँग भएको ७ बुँदे सहमति (सहमतिका बुँदासहित)

प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक गरे कांग्रेससँग भएको ७ बुँदे सहमति (सहमतिका बुँदासहित)

‘कुनै सहकारी ठगलाई पनि छाडिन्नँ’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । विश्वासको मत लिनका लागि आइतबार डाकिएको संसद बैठकमा प्रधानमन्त्री ओलीले उक्त सम्झौता सार्वजकि गरेका हुन् ।

ओलीले सहमतिका बुँदा सार्वजनिक गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने पनि बताए ।

ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने पनि बताएका छन्। उनले कुनै सहकारी ठगलाई पनि नछाडिने बताए ।

हेर्नुहोस् सात बुँदे सम्झौता

१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिब्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तिब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिब्रता दिने ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT